धरान: १७ औं ललित अम्वर डिपो कपको दोस्रो दिन शनिवार पुलिस स्कुल, इस्टर्न एकेडेमी र प्रभात स्कुल विजयी भएको छ । 

 पुलिसले एक्वा स्कुललाई टाइब्रेकरमा ४–२, इस्टर्नले बराह राइजिङ्ग स्कुललाई १–० र प्रभात स्कुलले लिवर्टी स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको हो । पहिलो खेलमा पुलिस र एक्वा स्कुल विचको खेल निर्धारित समयमा १/१ वरावर गोलमा सकिएपछि खेल टाइव्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयको खेल पुलिसको तर्फबाट यारेन भुजेल र एक्वाकोतर्फबाट दिप्सन मगरले गोल गरेका थिए । टाइव्रेकरमा पुलिसको तर्वाबाट आदित्य राई, प्रिन्सकुमार माझी, जोनी लिम्वु र दव्यनास विकले गोर गरे । पुलिसका यारेन भुजेलको प्रहार भने गोलकिपरले रोकेका थिए । यसैगरि एक्वा स्कुलको तर्फबाट ससिन मगर र आकाश कार्कीले गोल गरे । दिप्सन मगर र विपन तामाङको प्रहार गोकिपरले रोकेका थिए ।

दोस्रो खेलमा इस्टर्न एकेडेमीका रेमन राईले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए । तेस्रो खेलमा जित निकालेका प्रभात स्कुलका रिदम पाण्डे, नेसोङ मगर र युनिस गुरुङ्गले गोल गरेका थिए । पहिलो चरणको खेलमा हारसंगै एक्वा एकेडेमी, वराह राइजिङ्ग र लिवर्टी स्कुल लेट दिलकुमार प्लेट च्याम्पियनमा प्रवेश गरेका छन् ।

depo1 1

प्रतियोगिताको पहिलो चरणमा पराजित ८ टिमले दिलवहादुर प्लेट च्याम्पियन खेल्नेछन । शनिवार भएको खेलको म्यान अफ द म्याच एक्वा एकेडेमीका ससिम मगर, वराह राइजिङ्गका शिसिर कार्की र लिवर्टी स्कुलका गोलकिपर युकेश लिम्वु घोषित भएका छन् । उनीहरुलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

मंसर १६ गते सम्पन्न हुने प्रतियोगितामा सुनसरी भरिका १६ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडि, हाइ स्कोररले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरि लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार र उपविजेतालो नगद २ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोलिको खेल धरान  लिगामेन्ट र हिविकस, नोवेल एकेडेमि र हिमशिखर, दिल्लि पव्लिक र इमानुयल र देउरालि एकेडेमि र विष्णु मेमोरियल स्कुल विच हुनेछ ।