धरान: धरान उपमहागनरपालिकाले सडक मर्मत, निर्माण तथा फोहोर व्यवस्थापनलगायत विभिन्न काम आफै गर्नको लागि डोजर, रोलर र एउटा ट्याक्टर किनेको छ । 

एक करोड बजेटमा यी मेशिनहरु खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारी दिए । डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको थियो भने रोलरको पनि आवश्यकता महशुस भएपछि मर्मत कोषको बजेटबाट खरिद गरिएको रिजालले बताए । रोलर खरिद गर्न ४८ लाखको लागत स्टीमेट गरिएको थियो । तर, ई बिडिङमार्फत ४५ लाख ४५ हजारमा आएको छ । डोजरको लागि ४९ लाख ५० हजारको लागत स्टीमट गरिएकोमा ४१ लाखमा प्राप्त भएको छ भने १९ लाख ५० हजार लगत स्टीमेट गरिएको ट्याक्टर १५ लाख १० हजारमा प्राप्त भएको रिजालले बताए । 

dojar2

धरानको फोहोरलाई खोला किनारमा डम्पिङ गर्दा, बेला बेला पुर्न र खोला च्यानलिङलगायत काममा सधै डोजर र ट्याक्टर आवश्यक पर्छ । अहिलेसम्म भाडामा चलाइरहदा धेरै खर्च लाग्ने र समयमा ती मेशिन पनि उपब्ध नहुदा धेरै समस्या भइरहेको उपमहानगरपालिकाको भनाई छ । धरानको ग्रामिण क्षेत्रमा बाटो बनाउन र सहरी क्षेत्रमा पनि खाल्डाखुल्डी परेको सडक मर्मत गर्न रोलर आवश्यकता देखिएपछि खरिद गरिएको मेयर हर्कराज राई (साम्पाङ) ले बताए । टेण्डर गरेर ठेकेदरको भर पर्दा विकास निर्माणको काममा धेरै ढिलाई भएकोले आफै साधनस्रोत सम्पन्न भएर आफै काम गर्न मेशिन खरिद गरिएको उनले बताए । 

भिडियो: