धरान: सप्तकोशीको पानी धरान ल्याउन सहज वातावरण तयार गर्न मेयर हर्क साम्पाङले पहल थालेका छन् ।

मेयर साम्पाङ बुधबार प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालसहित बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलाई भेट्न पुगेका थिए । कोशीको पानी धरान ल्याउन बराहक्षेत्र नगरको भुभाग पनि प्रयोग गर्नुपर्ने भएकोले आवश्यक सहयोग र समन्वयको आग्रह गर्दै मेयर साम्पाङ त्यहाँका मेयर कार्कीलाई भेट्न पुगेका हुन् । मेयर साम्पाङले बराहक्षेत्रका मेयर कार्कीलाई पत्र बुझाउदै सहयोग तथा समन्वयको औपचारिकरुपमा नै आग्रह गरेका छन् । 

बराहक्षेत्रका मेयर कार्कीले पनि छिमेकी उपमहानगर धरानसँग खानेपानीसँगै अन्य पुर्वाधार विकासको काममा सहकार्य र समन्वय गर्ने बताए । उनले कोशीको पानी धरान लैजानको लागि सक्दो सहयोग गर्ने पनि बताए । साथै, धार्मिक पर्यटनको विकासको लागि सर्किट बनाउने, सडक स्तरोन्नती गर्ने, फोहोरमैला व्यवस्थापनको लागि साझा ल्याण्डफिलसाइट निर्माण गर्ने, खोलाको ढुंगागिट्टी निकासीबारेलगायत विविध बिषयमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए । साथै, खानेपानी धरान लैजादा आफ्नो नगरको पानी समस्या हुने केही क्षेत्रमा आपूर्ति गर्न पनि उनले आग्रह गरेका थिए । मेयर साम्पाङले पाइपलाइन विस्तार हुने क्षेत्रमा पानी वितरण गरिने बताए ।

dhrn-baraha-mayor1

बराहक्षेत्र नगरपालिकामा छलफल लगत्तै दुवै मेयरसहित टोली सप्तकोशीमा पनि पुगेका थिए । मेयर साम्पाङकोशीबाट पानी धरान ल्याउन लिफ्ट गर्ने स्थानबारे बराहक्षेत्रका मेयर कार्कीलाई स्थलगत निरीक्षण पनि गराए । त्यहाँ धरानका उपमेयर अइन्द्रबिक्रम बेघा पनि पुगेका थिए । मेयर साम्पाङका अनुसार कन्सल्टेन्सीले सर्वेको काम सकेको र स्थानीयस्तरमा सहज वातावरण तयार गर्नुपर्ने भएकोले आफुले पहल थालेको बताए । 

भिडियो:

भिडियो: