धरान: दुई महिना अघिदेखिको  धरानका मेयर हर्क साम्पाङ र वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुबीचको विवाद मत्थर हुने संकेत कतैबाट मिलेको छैन । 

अहिले राजनीतिक दलबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र स्वतन्त्रबाट निवार्चित मेयर साम्पाङबीचको विवाद झनै चर्कदै गएको छ, र दुरी बढ्दो छ । कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेर सच्चिन आग्रह गरेको भोलीपल्ट आज (शुक्रबार) मेयर साम्पाङले पनि कार्यकक्षमा पत्रकार सम्मेलन गरेका थिए । उनले आफुले कुनै गल्ती नगरेकोले माफी नमाग्ने पुरानै अडान दोहोर्याए । साथै जनताको म्याण्डेड विपरीत र कानुन, अनुशासन उल्लंघन गर्दै बैठक निरन्तर बहिष्कार गर्ने सबै कार्यपालिका सदस्यहरुलाई मेयर साम्पाङले सच्चिन पनि आग्रह गरे । नसच्चिने हो भने राजिनामा गरेर मार्ग प्रशस्न गर्न पनि उनले सबै कार्यपालिका सदस्यहरुलाई अनुरोध पनि गरेका छन् । 

harka-sam'

कार्यपालिका सदस्यहरुले बैठकमा भाग नलिएर कर्तव्य पुरा नगरेको, अनुशासनहिनता र लापरवाही गरेको मेयर साम्पाङले आरोप लगाए । कार्यपालिका बैठक महिनामा कम्तीमा एक पटक बस्नुपर्ने नियमलाई पनि कार्यपालिका सदस्यहरुले उल्लंघन गरेको भन्दै मेयर साम्पाङले खेद पनि प्रकट गरे । उनले निरन्तर बैठक बहिष्कार गरेर धराने जनताको आदेश अनुरुप वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले आचरण नगरेको र विधिको शासन पनि नमानेको आरोप लगाए । मेयर साम्पाङले आफु बैठक राख्ने पक्षमा नै भएको र ३ दिनपछि पुनः बैठक आह्वान गर्ने पनि बताए । यस्तै, दलित समुदायलाई अपमान हुने गरि चमारे बुद्धि स्टाटस फेसबुकमा लेखेको प्रशंगमा पनि मेयर साम्पाङले नियतवश जातीय समुदायलाई लक्षित गरेर नलेखेको जिकिर गरे । 

भिडियो: