धरान: मेयर हर्क साम्पाङ र कार्यपालिका सदस्यहरुबीचको विवादले बैठक बस्न नसकेको बिषयमा उपमेयर अइन्द्रबिक्रम बेघाले सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेका छन् । 

धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको एघारौं जन्मोत्सव तथा १० औं साधारणा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बेघाले कार्यपालिका बैठकबारे आफ्नो धारणा राखेका हुन् । उनले जनताको म्याण्डेट पाएर आएका जनप्रतिनिधिहरुले जनताको भावना बोल्नुपर्ने बताए । जनप्रतिनिधिहरुले जनताको आवश्यकताहरुको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने भन्दै उपमेयर बेघाले भने,‘जनप्रतिनिधिहरुको क्रियाकलापले जनताको आँखा पोल्यो भने त्यो मान्छे जनप्रतिनिधि हुनसक्दैन ।’

udhamsil

उपमेयर बेघाले जनप्रतिनिधिहरुले जनताको भावनाको नेतृत्व गर्ने कि आफ्नो इगो साध्ने ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले आफ्नो घमण्ड र दम्भ देखाएर जनताको समस्या ज्यँ का त्यँु राख्न नहुने भन्दै सबैले आ आफ्नो भुमिका निर्वाह गर्नुपर्ने पनि बताए । मेयर र कार्यपालिका सदस्यहरु बीचको विवाद संस्थागत भन्दा पनि व्यक्तिगत इगो देखिएको भन्दै उनले इगोको पारो घटाउनुपर्ने बताए । ‘पारो घटाउनुपर्छ, घटेन भने समस्या हुन्छ । म आग्रह गरिरहेको छुँ, तर जनताको मन धेरै पोल्यो भने मन कँुडियो भने उपमेयर चुप लागेर बसिरहनुपर्छ भन्ने छैन,’उनले भने,‘समस्यालाई व्यवस्थापन गर्दा सामुहिकरुपमा नै कदम चलाउनुपर्ने हुनछ ।’

एउटा पक्षले माफ माग्नुपर्छ भन्ने र अर्को पक्षले माफी माग्दिन भन्ने अडानले बैठक बस्न नसकेको भन्दै उपमेयर बेघाले मेयर र कार्यपालिका सदस्यहरुको विवाद जनताको मुद्दामा नभएको बताए । उनले नेतृत्वहरुले समिक्षा गर्दै र आफ्नो भुमिका सच्याउदै अघि बढ्नुपर्ने पनि बताए । ‘जनताको मुद्दा त छैन, जनताको मुद्दा भए राम्रो हुन्थ्यो,’उनले भने,‘नेतृत्वहरुले समिक्षा गर्दै अघि बढ्नुपर्ने अवस्था छ, मेरो भुमिका कति छ, म सच्याउँछु, अरुले पनि सच्चिनुपर्छ ।’

पत्रकार, वचतकर्ता, कर्मचारी, असल ऋणीलाई सम्मान र पुरस्कार

udhamsil6

उद्यमशिल सहकारीले आफ्नो जन्मोत्सव तथा साधारणसभामा एक जना पत्रकारलाई सम्मान गरेको छ । यो सहकारीले गत बर्षदेखि पत्रकारलाई सम्मान गर्न थालेको हो । 

यसपाली नागरिक दैनिकका संवाददाता तथा क्लिकधरान डटकमका सम्पादक रोहित राईलाई उद्यमशिलले सम्मान गरेको छ । उनलाई नगद १० हजार ५ रुपैया र सम्मान पत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रममा असहाय तथा अपांग सेयर सदस्य धरान ११ का टिकाराम तामाङलाई पनि सहकारीले नगद ५ हजारसहित सम्मान पत्रले सम्मान गरेको थियो । 

udhamsil1

यस्तै, कार्यक्रममा धरान ११ की अनिता श्रेष्ठलाई बिशेष सहयोग सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको पुरस्कार धरान १९ की जुनु लिम्बु, उत्कृष्ट नियमित बजार कर्मचारी पुरस्कार धरान १९ की बलबहादुर लिम्बु, असल तथा नियमित बजार कर्मचारी पुरस्कार धरान १६ की बिना राई र असल तथा नियमित बजार कर्मचारीको पुरस्कार धरान ५ की बर्षा श्रेष्ठले पाइन् । 

यसैगरि, उद्यमशिलले आर्थिक बर्ष २०७८/०७९ का असल तथा नियमति ८ जना बचतकर्ताहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुने बचतकर्ताहरुमा धरान १० का राजेन्द्रप्रसाद लखेटिया, धरान १९ का मिलन लिम्बु, धरान १७ का धनबहादुर राई, धरान १६ की पवित्रा श्रेष्ठ, धरान ७ की शिवानी राई र शुशिल लिम्बुु, धरान २ का राजनकुमारी शिवाकोटी र धरान ५ का निर्मल सुनुवार रहेका छन् ।यस्तै, सम्मानित हुने असल ऋणीहरुमा धरान १७ का विमल श्रेष्ठ, धरान ७ की रश्की श्रेष्ठ, धरान १५ का सन्तोष देवान, धरान १८ का पदम बस्नेत, धरान ११ की कृष्णकुमारी राई, लालमाया लिम्बु र धरान ५ का दिपक राई रहेका छन् । 

भिडियो:

udhamsil2

udhamsil5

udhamsil4

udhamsil3