धरान: इन्जिनियरिङ अध्ययन संस्थान पूर्वाञ्चल क्मापस धरानमा रहेको कम्प्युटर संकाय विद्यार्थी समाज ( एसेस)द्वारा आयोजित एसेस टेकफेस्टको पाचौँ संस्करण सम्पन्न भएको छ । 

एसेस ९ औ कमिटीका अध्यक्ष रजिश खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा एसेस टेकफेस्ट पुष ३ गतेबाट ८ सम्म भएको थियो । कार्यक्रमको समापनमा टेकफेस्टका बिजेताहरुलाइ नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र बितरण गरिएको थियो । टेकफेस्टको मुख्य आकर्षण मध्येको एक ह्याकाथन प्रतियोगितामा १७ बटा टिमको सहभागिता रहेको थियो।

कोड आइटी धरानले प्रायोजन गरेको ह्याकाथन‌ ,करिब ३६ घण्टा सम्म लगातार चलेको थियो जसमा पुर्वाञ्चल क्मापसका ७ बटा टिम र बिराटनगर,इटहरीका बिभिन्न कलेजका १०‌ बटा  टिमहरुको सहभागिता रहेको थियो । सफ्टवेयर फर स्पेशली एवल्ड पिपल शीर्षकमा भएको ह्याकाथनमा इटहरी नमुना कलेजका अविजित राउत ,महेश बस्नेत, पप्पु जैसबाल र संदेश अधिकारीको टिम प्रथम भएको एसेसका कोषाध्यक्ष सन्तोष बरालले जानकारी दिए । 

tecfest5

यसैगरि, लाइभ कोडिङ र लाइभ डिवगिङ तर्फ पुर्वाञ्चल क्मापसका सोहेल अक्तर र दिपेश श्रेष्ठ प्रथम भएका छन्। इन्फिनिटि टेकले प्ररायोजन गरेको कम्पिटिटिभ टाइपिङ प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयका रिसाध बानियाँ प्रथम भएका छन्‌ भने गुगल मास्टरमा पुर्वाञ्चल क्याम्पसका दिपर्शन ढकाल प्रथम भएका छन्। काइनाइट सफ्टवेयर द्वारा प्रायोजित ट्रेजर हन्ट कार्यक्रममा टिम इलेक्टोका सुरज भट्टराई, स्नेहा कट्वाल र मनोज गिरी प्रथम हुन सफल भएका थिए।

यसैगरि,गेम फेस्ट तर्फ इसान श्रेष्ठ र डिजिटल आट कम्पिटिसन तर्फ अनिस गुप्ता प्रथम भएका छन्। इआरसी क्बिजमा सिभिल इन्जिनियरिङका दिपेश ढुङ्गेल, निरज बानियाँ र सदिक्षा दाहाल प्रथम भएका छन्। त्यस्तै एसेस टेकफेस्टको कोइस्पनसर र इन्टरनेट पाटनर रहेको नेपाल टेलिकमले टेक फेस्ट अवधि भर पुर्वाञ्चल क्याम्पसमा निःशुल्क सिम कार्ड बितरण गरेको थियो।

tecfest

शिक्षा र प्रविधिको परिधिलाई वृहत्तर बनाउने उद्देश्यले आयोजित टेकफेस्टका बिभिन्न कार्यक्रमा ५ भन्दा बढी प्रतिस्पर्धाीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ । यस्तै, कार्यक्रमबाट १० हजार भन्दा बढी बिद्यार्थी लाभान्वित भएका छन्। कार्यक्रमको समापनमा एसेसका अध्यक्ष रजिश खतिवडाले विद्यार्थीको सहभागिताले थप सुदृढ भएर काम गर्ने हौसला दिएको र आगामी दिनमा पनि एसेसले थप नयाँ कार्यक्रमहरु लिएर आउने बताए । प्रमुख अतिथि एवं पुर्वाचल क्मापस धरानका क्याम्पस प्रमुख ओम प्रकाश ढकालले यस्ता कार्यक्रमहरुले विद्यार्थीको शैक्षिक र व्यवहारिक सिप विकासलाई थप मद्दत गर्ने बताए । कार्यक्रममा प्रभु बैंक मुख्य प्रायोजक रहेको थियो । 

tecfest2

tecfest3

tecfest4