धरान: धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा तीन दिने धरान उत्सव मनाइने भएको छ । 

उपमहानगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै पुष २०, २१ र २२ गते विविध कार्यक्रम गर्दै तीन दिन उत्सवन मनाउने जानकारी दिएको हो । उत्सव धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा आयोजना हुने मेयर हर्क साम्पाङले जानकारी दिए । धरानको जन्मोत्सव भएकोले चाडपर्वकोरुपमा मनाउनको लागि सबैसँग उनले आह्वान पनि गरे । उत्सव धरानको साँस्कृति, स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने अवसर पनि भएको मेयर साम्पाङको भनाई थियो । 

तीन दिने उत्सवको पहिलो दिन बिहान ११ बजे साँस्कृतिक झाँकीसहित र्याली निकालिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्म उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिने आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले जानकारी दिए । दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म लोक दोहोरी प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिताका संयोजक एवं वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले ६ वटा दोहोरी टोली तयार भइसकेको जानकारी दिए ।

dharan-day1

यस्तै, दोस्रो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सेवक अभियानको संयोजनमा वृहत सरसफाई हुनेछ भने ९ बजेदेखि १० बजेसम्म मास साइक्लिङ आयोजना हुनेछ । यस्तै, बिहान १० बजेदेखि १२ बजेसम्म सुनसरी सवृद्धिका लागि समन्वय र प्रयास बिषयक जिल्लाभरिका प्रमुख तथा उपप्रमुखहरुबीच छलफल हुनेछ भने बिहान ११ बजेदेखि प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुको निबन्ध वाचन पनि हुनेछ । यस्तै, १ बजेदेखि ३ बजेसम्म विद्यालयका प्रथम, दोस्रो र तेस्रो लोक नृत्य प्रर्दशन पनि हुनेछ भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म रस्सी तान प्रीतयोगिता हुनेछ ।  

यस्तै, तेस्रो दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म समापन समारोह हुनेछ भने ३ बजेदेखि ५ बजेसम्म जातीय संघसंस्थाहरुको साँस्कृतिक प्रस्तुती पनि हुनेछ । तीन दिन अवधिभर बिहान १० बजेदेखि ४ बजेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रम निरन्तर हुनेछ भने बेलुकी ६ बजेदेखि ९ बजेसम्म सांगीतिक, साँस्कृतिक कार्यक्रम आयोजना हुने शर्माले जानकारी दिए । 

भिडियो: