धरान: धरान स्थापना दिवसको अवसर पारेर बुधबार पुष २० गतेदेखि तीन दिने धरान डे उत्सव मनाइदैछ । 

यो उत्सवको अवसर पारेर बुधबार धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिइएको छ । यही उत्सवको अवसर पारेर धरानको पर्यटनमा सक्रिय रहेको धरान होलिडेजले धरान उत्सवको उद्घाटन समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने भएको छ । धरान १६ स्थित रंगशालाबाट उड्ने हेलिकप्टरले उद्घाटन समारोह भइरहेको समयमा उत्सवस्थल पब्लिक हाईस्कुलको मैदानमा पुष्पवृष्टि गर्ने धरान होलिडेजका सञ्चालक कबिन श्रेष्ठले जानकारी दिएका छन् ।

dharan-holidays

उनका अनुसार धरान होलिडेजले उत्सव अवधिभर पाथीभारा जान चाहने तीर्थयात्रीहरुलाई छुटको व्यवस्था पनि गरिएको छ भने धरानलाई आकाश माथिबाट अवलोकन गर्न चाहने आन्तरिक पर्यटकहरुलाई फन फ्लाइटमा पनि छुट दिइनेछ । धरान होलिडेजले हरेक बर्ष ताप्लेजुङको पाथीभारा देवीको दर्शन गराउन धरानबाट हेलिकप्टर सेवा सञ्चालन गर्दे आएको छ ।