धरान: पाथीभारा दर्शनको लागि जाने सोचमा हुनुहुन्छ, तर लामो गाडी यात्रा र हिडेर सम्भव छैन भने अब धरानबाट हेलिकप्टरबाट सिधै पाथीभाराको दर्शन गर्न सक्नुहुनेछ । धरान होलिडेज प्रालिले धरानबाट हेलिमार्फत पाथीभारा दर्शनको प्याकेज ल्याएको छ । 

प्रालिले घटस्थापनाको दिन भोली बिहिबारदेखि हेलिमार्फत पाथीभारा दर्शन शुरुवात गर्दैछ । यसको लागि प्रालिले ३२ हजार शुल्क तोकेको छ । पाथीभारा दर्शनबाहेक धरानको फन टुर गर्न पनि सकिने र यसको लागि ५ हजार शुल्क तोकिएको छ । प्रालिका प्रबन्ध निर्देशक अमृत मानन्धरका अनुसार पाथीभारा दर्शनको लागि हेलिकप्टरको प्याकेज ल्याएको यो तेस्रो पटक हो ।

dharan-heli3

हेलि प्याकेजको लागि सिम्रिक एयरको हेलिकप्टर बुधबार धरान आइसकेको छ । एक पटकमा ५ जना तीर्थालुहरुलाई पाथीभारा उडाइनेछ । वडा दशैंको अष्टमीको दिनसम्म हेलिमार्फत पाथीभारा दर्शनको व्यवस्था हुने मानन्धरले बताए । तीर्थलुहरु भएमा दशै पछि पनि सञ्चालन हुने अध्यक्ष कुन्दन श्रेष्ठले बताए । पाथीभारा दर्शनबाहेक धरान फन टुर पनि गर्न सकिने प्रालिले जनाएको छ । फन टुर गर्न एक व्यक्तिले ५ हजार शुल्क तिर्नुपर्नेछ । पुर्वको कुनै पनि तीर्थस्थलमा ५ जना मिलेर आएमा हेलि उपलब्ध हुनेछ । विरामी भएर कसैलाई काठमाण्डौं लैजानुपर्ने भयो भने मेडिकल रेस्क्युकोरुपमा पनि उपलब्ध हुने प्रालिले जनाएको छ । 

धरान होलिडेज धरानका ४ जना पर्यटन व्यावसायीहरु मिलेर सञ्चालन गरेका हुन् । प्रालिले धरानको पर्यटनलाई टेवा पुर्याउनको लागि सञ्चालनमा ल्याएको उनीहरुको भनाई छ । प्रालिमा अध्यक्ष श्रेष्ठ, प्रबन्ध निर्देशक मानन्धरसँगै फाइनान्स डाइरेक्टरमा अजय खनाल र त्रिरत्न अधिकारी जनरल मेनेजर छन् ।

 dharan-heli

dharn-heli6

dharan-heli5

pathivara

dharan-heli7

dharan-heli2