धरान: इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पुरा गरेका आफ्ना दशौ व्याचका विदार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । 

कलेजले आइतवार धरान कलेज रोडस्थित सर्कल क्याफेमा विदाइ कार्यक्रमको आयोजना गरि कोर्ष पुरा गरि इन्टर्नका लागि जान लागेका २० जना विद्यार्थीहरुलाई शुभकामना दिदै विदाइ गरेको हो । कलेजमा ६ महिनाको कोर्ष पुरा गरेका ११ जना विद्यार्थी भारतको गुजरातस्थित चार तारे होटल फन रेसिडेन्स र ९ जना विद्यार्थी काठमाडौ स्थित पाँचतारे होटल ह्यात होटलमा जान लागेको कलेजले जनाएको छ । 

गुजरात स्थित गान्धि नगरमा अवस्थित चेन होटलको रुपमा रहेको फन रेसिडेन्सको भारतमा मात्र ८० वटा शाखा होटल रहेको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका सिइओ लोकेन्द्र श्रष्ठले जानकारी दिए । इन्टर्नका लागि गुजरात जाने विद्यार्थीहरुलाई फन रेसिडेन्सले खान, वस्न र न्युनतम पारिश्रमिक सुविधा समेत दिनेछ । यसअघि इन्टर्नको लागि चाइना र दुवइ जाने विद्यार्थीले करिव साढे दुई लाख रुपैया खर्च गर्नुपथ्र्यो । अहिले जान आउन थोरै खर्च लाग्नुका साथै सेवा सुविधा पनि राम्रो भएको उनले बताए । 

कोर्ष पुरा भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सिइओ लोकेन्द्र श्रेष्ठ, एकेडेमिक डाइरेक्टर सन्जिव राई, धरान उपमहानगरपालिका वरिष्ठ लेखा परिक्षण अधिकृत रमेश शाह लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा कलेजले आयोजना गरेका सेफ कम्पिटसन विजेता टिमको नाम समेत घोषणा गरिएको थियो । सेफ कम्पिटसनमा कृपा तामाङ, सन्तोष श्रेष्ठ, सन्जिता श्रेष्ठ, आसिका मगर र लक्ष्मि राई विजेता घोषित भइन् । उनीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।