धरान: पाँच बर्षअघि धरानको भानुचौकमा शाखा कार्यलयको रुपमा सुरु भएको कोयोला एजुकेशन कल्सनटेन्सिका अल्फा विटा कल्सनटेन्सिको म्यानेजिङ्ग डाइरेक्टरमा सन्जिव राई नियुक्ति भएका छन् ।

राईलाई मंगलवार विद्यार्थीहरु माझ परिचय गराउदै एक कार्यक्रमको आयोजना गरि अल्फा विटाका धरान शाखा अध्यक्ष लोकेन्द्र श्रेष्ठले स्वागत गरेका थिए । राई करिव तीस वर्ष देखि शैक्षिक क्षेत्रमा आवद्ध रहेर काम गरिरहेका छन् । उनी धरान ५ स्थित डिपि विलिभर्स इङ्गलिस स्कुलका संचालक तथा प्रधानध्यापक हुन भने सिटिइभिटिवाट मान्यता प्राप्त परार्मशकर्ता समेत हुन् ।

भानुचौकस्थित साधना भवनको तेस्रो तलामा रहेको अल्फा विटाले स्वदेशी तथा वैदेशिक अध्ययनका लागि परार्मश गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा समेत संचालन गर्ने नवनियुक्त एमडि राईले जानकारी दिए । अल्फामा हाल विभिन्न विषयमा एक सय ५० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

alfa-bita

विद्यार्थीहरुलाई परामर्श संगै पिटि, आइटि, सिमेट, व्रिज कोर्ष, कोरियन भाषा, इन्जिनियरिङ्ग र स्टाफ नर्स तयारि कक्षा समेत संचालन हुने राइले बताए । पाँच वर्षमा अल्फामा अध्ययनरत ६० जना विद्यार्थीहरु युरोपको विभिन्न देशमा अध्ययन गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाको महामारीको कारण तीन वर्ष विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा पठनपाठन गराउन नसकेको पनि उनले बताए । 

श्रेष्ठसंगै राई अल्फा विटाका सेयर सदस्य समेत हुन् । अध्यक्ष श्रेष्ठ र राईको लगानिमा धरान १८ स्थित वुद्ध चौकमा धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्ट समेत संचालनमा रहेको छ ।  स्वागत गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले नवनियुक्त राईलाई शुभकामना दिएका थिए ।