धरान: १२२ औं स्थापना दिवस मनाउने क्रममा यही पुष २०, २१ र २२ गते तीन दिने धरान उत्सव भव्यरुपमा सम्पन्न भयो । उत्सव जति भव्यरुपमा सकियो, यसको लागत अर्थात बजेटको बिषयमा पनि प्रश्नहरु उठेको थियो ।

उत्सव शुरु हुनु भन्दा एक दिन अघि मात्र कार्यपालिका बैठक बसेर बजेटबारे निर्णय भएको थियो । उक्त बैठकको निर्णयबारे केही सञ्चारमाध्यमहरुमा धरान उत्सवको बजेट अपुग भएर ४८ लाख रुपैया पुर्याइएको समाचारहरु प्रकाशित भयो । त्यसपछि सामाजिक सञ्जालमा पनि उत्सव गर्न ४८ लाख खर्च विनियोजन गरिएको भन्दै आलोचना र टिकाटिप्पणीहरु भएको थियो । यो बिषयामा न उपमहानगरपालिकाले प्रष्टीकरण दियो, न उत्सव मुल आयोजक समिति वा स्टेयरिङ कटिमीले नै बोल्यो । 

samikx

धरान उत्सवको स्टेयरिङ कमिटीको हिजो बिहिबार समिक्षा बैठक भएको थियो । उक्त समिक्षा बैठकमा भने उत्सवको बजेट विनियोजनबारे छलफल भएको थियो । वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले ४८ लाख बजेटको हल्ला आयो भन्दै बिषय प्रवेश गराएका थिए । उनले बिषय उठान गरेपछि स्टेयरिङ कमिटीका सदस्य सचिव भक्तिराज शर्माले कार्यपालिका बैठकबाट मात्र २३ लाख २५ हजार बजेट पछि नगरसभाबाट रकमान्तर हुने गरि विनियोजन गरिएको प्रष्ट्याएका थिए ।

कार्यपालिका बैठकमा के निर्णय थियो ?

पुष १९ गते बसेको कार्यपालिका बैठकमा धरान उत्सव आयोजनाको लागि बजेट अपुग हुने भएकोले विभिन्न शिर्षकको बजेटबाट रकमान्तर गर्ने निर्णय भएको थियो । नगरसभाले पारित गरेको बजेटमा धरान उत्सवको लागि मात्र २ लाख बजेट विनियोजन भएकोले पर्याप्त थिएन । त्यसैले पर्यटन शाखाले पेश गरेको तीन दिने विभिन्न कार्यक्रमहरुको लागि अपुग बजेट रकमान्तर गर्ने निर्णय भएको थियो ।

त्यसरी रकमान्तर हुने शिर्षकको बजेट भने ४८ लाख थियो । त्यही ४८ लाख बजेटबाट रकमान्तर गर्ने गरि धरान उत्सवको बजेट २३ लाख २५ हजार पुर्याइएको थियो । तर, मिडियामा भने रकमान्तर हुने शिर्षकको बजेटलाई नै धरान उत्सवको बजेट भनेर समाचार प्रकाशन भएको थियो । 

उत्सवप्रति सन्तुष्टी

samix1

समिक्षा बैठकमा सहभागी स्टेयरिङ कमिटीका सदस्यहरुले धरान उत्सव अहिलेसम्मकै सफल भएको प्रतिक्रिया दिए । बैठकमा मेयर हर्क साम्पाङ, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), सुनसरी उद्योग वाणिज्य संघका अधयक्ष विजय श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष सपना राई, निवर्तमान अध्यक्ष चेतना श्रेङलगायत सहभागी थिए । 

भिडियो: