धरान: ब्रदर्स बेकरी धरानले आफ्नो स्थापनाको छैटौं बार्षिक उत्सबको अवसरमा विपन्न परिवराका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । 

ब्रदर्सले धरान वडा नम्बर १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र अन्य शैक्षिक सामग्रीहरु बितरण गरेको हो । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भरत बहादुर खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर १७ का पुर्व जनप्रतिनिधि सुबास बर्देवा, वर्तमान वडा सदस्य मनिष बिष्ट, विद्यालय संचालक समिति सदस्य दिपिका बिक, तारा राई र कृष्ण प्रसाद लिम्बु, सहप्रअ भक्त बिलाश पोखरेलको पनि उपस्तिथि रहेको थियो । 

विद्यालयका शिक्षक गजेन्द्र भट्टराईले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा विद्यालय संचालक समिति सदस्य कृष्ण प्रसाद लिम्बुले ब्रदर्स बेकरी परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । बेकरीको सन्चालकद्धय एन.सी.राई र बिरेन्द्र थापालाई नै मुख्य अतिथी बनाइएको उक्त कार्यक्रममा अतिथिहरु सुबास बर्देवा, अनिश बिष्ट, भरत बहादुर खत्रीले सहयोग सामग्री हस्तान्तरण गरेका थिए । 

brothers1

विभिन्न २५ परिवारका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराइएको ब्रदर्श बेकरीले जानकारी दिएको छ । विद्यालयमा ४ सय बिद्यार्थीहरु अध्ययनरत छन् । उक्त विद्यालय २०३६ सालमा स्थापना भएको हो । धरान उपमहानगरपालिकाको वडा नं १७ मा रहेको उक्त विद्यालय शहर भित्रैको ग्रामिण क्षेत्रको विद्यालय हो ।

बेकरी संचालक एन.सी.राईले बेकरीले आफ्नो स्थापना कालदेखी नै आफ्नो ब्यवसायलाई समाजसङ्ग जोड्दै आएको बताए । बेकरीले समाजमा रहेको हरेक जेष्ठ नागरिकहरुलाई निःशुल्क बर्थ डे केकहरु बितरण गर्दै आएको छ भने आफ्नो हरेक महिला ग्राहकहरुलाई निःशुल्क सेफ्टी प्याडहरु पनि बितरण गर्दै आइरहेको छ। विद्यालयको प्रअ गोपाल थापाले सन्चालन कार्यक्रम सञ्चालन गरेका थिए भने अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । 

brothers2

brothers3