धरान: धरानको वडा नं २० मा खोल्न लागेको साबुन उद्योगबारे समन्वयकारी भुमिका निर्वाह गर्न माग गर्दै सचेत नागरिकहरुलाई वन निर्देशनालयमा ज्ञापन पत्र बुझाएका छन् । 

आइतबार सचेत धराने समुहले धरान १३ स्थित वन निर्देशनालयमा पुगेर साबुन उद्योग सञ्चालनको लागी समन्वयकारी भुमिका खेल्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ । नगरबासीहरुकोतर्फबाट भन्दै धरानलाई उत्पादनमा आत्मनिर्भर बनाउन उद्योग खोलिनुपर्ने भएकोले समन्वयकारी भुमिका गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको सचेत धराने समुहका प्रवक्ता राम लिम्बुले बताए । 

उनका अनुसार यसअघि ३ दिनसम्म भानुचोकमा हस्ताक्षर संकलन गरिएको थियो । करिब ४० हजारले हस्तक्षर गरेको उक्त ब्यानरलाई वन मन्त्रालयमा बुझाउने पनि उनले बताए । ‘दुई शक्ति निकायबीच टकराव होइन, समन्वयकारी भुमिका होस् भनेर ज्ञापन पत्र बुझाउन आएको हो,’उनले भने । उक्त हस्ताक्षरित ब्यानर आइतबार वन निर्देशनालयमा प्रर्दशन पनि गरिएको थियो । 

forest1

साबुन उद्योगको काम उच्च अदालत विराटनगरको अन्तरिम आदेशले ठप्प छ । वन डिभिजन कार्यालयले मुद्दा दायर गरेपछि उच्च अदालतले भोगाधिकार प्राप्त नभएसम्म काम नगर्न आदेश दिएको थियो । उक्त आदेशपछि वन डिभिजन र धरान उपमहानगरपालिकाबीच टकरावको स्थिति बनेको छ । वनले मुद्दा हालेपछि रुष्ट बनेका मेयर हर्क साम्पाङले नक्सा पास नगरि तीनकुनेमा वन निर्देशनालयको भवन बनिरहेको भन्दै काम रोक्न सुचना टाँस्न नगर प्रहरी पठाएका थिए भने वन विभागविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिदै आएका छन् । उनका सामर्थकहरु पनि वनप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

भिडियो: