धरान: धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागी ३ लाख रुपैया बजेट अनुदान थपिदिएको छ ।

आइतबार सम्पन्न भएको नगरसभामा आर्थिक बर्ष २०७९/०८० को बजेट संशोधन प्रस्ताव परित भएसँगै खेलकुदतर्फ बुढासुब्बा गोल्डकप प्रतियोगितालाई ३ लाख रुपैया अनुदान थप भएको छ । बुढासुब्बाको लागी यो थप गरिएको बजेट सवास राई स्मृती वडास्तरीय फुटबल लिग प्रतियोगिताको बजेट घटाएर दिइएको हो । बुढासुब्बालाई ३ लाख रुपैया थप भएसँगै कुल अनुदान रकम १२ लाख पुगेको छ । बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यही फागुन १३ गतेदेखि हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

nagarsava1

गत साउनमा आएको बजेटमा भने बुढासुब्बा गोल्डकपलाई ९ लाख रुपैया विनियोजन गरिएको थियो । उक्त बजेट २३ औं बुढासुब्बा गोल्डकपको लागी कम भएको भन्दै धरान फुटबल क्लबले सबै वडाअध्यक्षहरुसँग छलफल गर्दै अनुदान बजेट वृद्धि गर्न माग गरेको थियो । सोही अनुसार कार्यपालिका बैठकमा वडाअध्यक्षहरुले कुरा उठाएपछि सुवास राई स्मृति लिगबाट ३ लाख कटाएर बुढासुब्बालाई थप गरिदिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय भएको थियो । सुवास राई स्मृति लिगको बजेट भने ७ लाखबाट घटेर ४ लाख कायम भएको छ ।  नगरसभामा बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तर प्रस्ताव उपप्रमुख अइन्द्रबिक्रम बेघाले पेश गरेका थिए । मात्र २ जना सदस्यले बोलेपछि सर्वसम्मतरुपमा प्रस्ताव पारित भएको थियो । 

भिडियो: