धरान: धरानको वडा नं २० कालीमाटीस्थित सेक्ष एड्भेञ्चर पार्कमा यही माघ २४ गतेदेखि १५ दिनसम्म एड्भेञ्चर फेस्टिवल आयोजना हुने भएको छ । 

सेक्षका सञ्चालक एवं पर्यटनकर्मीद्धय वासुदेव वराल र एलिना मगरले बिहिबार पार्कमा पत्रकार सम्मेलन गर्दै सेक्ष एड्भेञ्चर फेस्टिवल आयोजना गर्ने जानकारी दिएका हुन् । उनीहरुका अनुसार फेस्टिवल अवधिमा छुट पनि दिइनेछ । माघ २४ गतेदेखि फागुन ९ गतेसम्म फेस्टिवल हुनेछ, तर पार्क भने निरन्तर सञ्चालन हुने सञ्चालिका मगरले बताइन् । पर्यटकहरु घुम्न आउदा जुन खेलको टिकट काटेका हुन्छन्, त्यसमा कुपन पनि तान्न पाउछन्, र १० प्रतिशतदेखि सय प्रतिशतसम्म छुट पाउनेछन् । पार्कमा प्रवेश शुल्क ५० रुपैया छ भने खेलहरु न्युनतम २ सय रुपैयादेखिको उपलब्ध रहेको छ । 

sechha7

गतबर्षदेखि सञ्चालनमा आएको पार्कमा प्रमुख आकर्षणकोरुपमा २ मिटरको जिपलाइन पनि रहेको छ अपडाउन ३ सय मिटरको स्काई साइकल पनि छ । यस्तै, पचास पचास फिटको दरले ३ प्रकारको ह्याङगिङ ब्रिज रहेको छ । जसमा टायर, रोप (डोरी) र वुडन (काठ)को ह्याङ्गिङ ब्रिज रहेको छ । यो बर्ष स्पेशमा गएको अनुभूति दिलाउने रसियन सर्कल, ३६० डिग्रीमा घुम्ने साइकल र चिल्ड्रेन पार्क पनि थपिएको छ । चिल्ड्रेन पार्कमा मानिस आफै उभिएर खेल्नुपर्ने हुन्छ । यो नेपालमै पहिलो पटक राखिएको पनि उनले बताए । यस्तै, थारुको साँस्कृतिक पहिरन र पुराना राजारानीको पहिरन पनि लगाएर घुम्न, फोटो खिच्न पाउने व्यवस्था गरिएको सञ्चालक बरालले जानकारी दिए । 

भिडियो:

पार्कमा सय जना क्षमताको रेष्टुरेन्ट पनि सञ्चालनमा आइसकेको छ । जहाँ कफी, खाजाको सेट, सेकुवालगायत परिकारहरु उपलब्ध हुनेछ । हालसम्म साढे ६ करोड बढी लगानी भइसकेको पार्कमा अझै ४ करोडको लगानी गर्नुपर्ने योजनाहरु रहेको सञ्चालक बरालले बताए । पार्कको क्षेत्रफल ४ बिघा रहेको छ । भविष्यमा रिसोर्ट, गेमिङ जोन र पिकनिक स्पट पनि बनाउने योजना रहेको सञ्चालक बरालले बताए । 

पार्कमा पुग्न धरान १३ स्थित सुम्निमा चोकबाट झोलुङ्गे पुल, नयाँ सर्दुको पक्की पुल हुदै मोटरसाइकल वा पदयात्रा गरेर पनि पुग्न सकिन्छ । त्यहाँबाट करिब साढे ३ किलोमिटर दुरी रहेको छ । पार्कबाट केही मास्तिर चर्चित चिण्डे डाँडा र टोड्केको टावर पनि रहेको छ । पार्कसम्म पुग्न कच्ची सडक छ । यो सडकलाई पिच बनाउन प्रदेश सरकारले डिपिआर बनाइसके पनि काम हुन सकेको छैन । सडक निर्माणमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा पनि उनले जोडदिए । 

भिडियो:

sechha5

sechha2

sechha4

sechha3

sechha6