धरान: सेउती र अधेरी खोलाबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा मानव वस्तीलाई क्षति पुग्ने भन्दै धरानको ५ नम्बर वडा कार्यालयले उत्खनन्मा रोक लगाएको जनाएको छ । 

आज वडाअध्यक्ष सन्तोष लिम्बु*ले धरानका मेयर तिलक राई, ईलाका प्रशासन कार्यालय धरान, ईलाका प्रहरी र जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाउदै उत्खनन् रोक्ने जानकारी दिएका छन् । विगतमा आइईई प्रतिवेदन तयार गर्नको लागि छलफल हुँदा विभिन्न ७ बुँदा कार्यान्वयन भएमात्र उत्खनन् गर्न दिने निर्णय भएपनि वडा र सरोकारवालाहरुलाई जानकारी नदिई उत्पखनन् भएको वडा कार्यालयले जनाएको छ । 

भिडियो:   उक्त ७ बुँदे प्रतिवेदन अनुसार कार्या नभएकोले नदीजन्य पदार्थ उत्खनन कार्य भोलीको दिनदेखि वडा कार्यालयले रोक्ने पनि अध्यक्ष लिम्बुले चेतावनी दिए । प्रतिवेदन अनुसार उत्खनन् गर्नुअघि खोला किनारका बस्ती र जोखिम क्षेत्रको सिमांकन तथा नक्सांकन गर्ने, आवश्यक ठाउँहरुमा तटबन्धन निर्माण गरेर मात्र उत्खनन् शुरु गर्ने, खोला क्षेत्रमा भएको प्रति ऐलनी वस्तीहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायत विभिन्न ७ बुँदा रहेको वडा कार्यालयले जनाएको छ । 

*वडाअध्यक्ष सन्तोष लिम्बु हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । स.

1 1

2 1

3 1

5 1