झापा: झापाबाट एयर गनसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । 

प्रहरीले झापाको मेचीनगर नगरपालिका ६ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन् । उनीहरुलाई हिजो (सोमबार) बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको प्रहरीले जनाएको छ । उक्त हतियार र गोली सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।