धरान: आज महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको जन्मदिन । 

शिवलायहरुमा बिहानैदेखि भक्तजनहरु पूजाअर्चना गर्न घुँइचो लागेको छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम मन्दिरमा पनि देशविदेशका तीर्थलुहरुको घुँइचो लागेको छ । पिण्डेश्वरमा जल चढाउन र मनोकांक्षा पुरा हुने आशामा भक्तजनहरु बिहानैदेखि आएका छन् ।

भिडियो:

पिण्डेश्वर बाबाधाम समितिले भक्तजनहरुलाई निःशुल्क प्रसाद पनि वितरण गरिरहेको छ । प्रसादकोरुपमा मालपुवा, हलुवा वितरण भइरहेको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । उनका अनुसार लघुरुद्री पुजा पनि हुनेछ भने साँझ ५ बजे शिवको धुनी पनि बालिनेछ । 

बुद्धिजिवि तथा सहप्रध्यापक डा.राजेन्द्र शर्माका अनुसार पिण्डेश्वरमा मालपुवा प्रसादकोरुपमा बाँड्ने चलन बीचमा हराएको थियो । तर, अहिले पुनः बाबाधाम समितिले शुरु गरेको भन्दै खुशी व्यक्त गरे । 

pindeswor4

pindeswor2

pindeswor3

pindeswor7

pindeswor6

pindeswor8

pindeswor5

pindeswor