धरान: धरानको बजार क्षेत्रमा आज (सोमबार)देखि यातायातलाई वान वे (एकतर्फी) नियम लागु गरिएको छ ।

भानुचोकदेखि उत्तर लक्ष्मीचोकसम्म सवारीसाधनहरु एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरु लक्ष्मीचोकदेखि पृथ्वीचोक, सिंहदेवी, माछाभौडी,देशीलाइन हुदै मात्र भानुचोक आउन पाउनेछन् । वान वे शुरुवात गर्न मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतो, वडा नं २ का अध्यक्ष रमेश राई, वडा १ का अध्यक्ष यज्ञमणी आचार्यलगायत संयुक्तरुपमा फिल्डमा उत्रिएका थिए । यो टोली भानुचोकदेखि लक्ष्मीचोक पुगेर पृथ्वी चोक, पुरानो बजारको बाटो हुदै पुनः भानुचोकसम्म पुगेको थियो । 

dharan-one-way

मेयर साम्पाङले दुर्घटना र भिडभाड कम गर्ने उद्देश्यले वान वे शुरु गरिएको बताए । भानुचोक र बजार आसपासमा सवारीसाधनको अत्यधिक चाप भएर दुर्घटना हुने गरेको भन्दै उनले वान वे गर्दा शुरुवातमा केही असहज भएपनि सबैले साथ सहयोग गर्न आहवान पनि गरे । उनले विस्तारै अन्य क्षेत्रमा पनि सुधार गर्दै जाने बताएका थिए । 

dharan-onw-way1

उपमेयर अइन्दैबिक्रम बेघाले सबै जना मिलेर लाग्दा वान वे सम्भव हुने र धरानलाई सुन्दर बनाउन सकिने बताए । वान वे अभियानलाई सबैले आफ्नो अभियान ठानेर सहयोग गर्न उनले पनि आग्रह गरे । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख महतोले धरानको भानुचोकमा यातायातका साधनहरु एकत्रित हुदा धेरै समस्या भएकोले भानुचोकबाट नै व्यवस्थापन जरुरी देखिएकोले शुरुवातमा वान वे गरिएको बताए । उनले कार्यदलले दिएको सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने पनि बताए । वडा नं २ का अध्यक्ष रमेश राईले पनि वान वे गर्न र अस्तब्यस्ततालाई सुधार गर्न सबैले साथ दिनुपर्ने बताए । 

भिडियो:

भिडियो: