धरान: सोमबार बिहानैदेखि धरानको भानुचोक क्षेत्रमा यातायात व्यवस्थापन गर्न वान वे गरिदैछ । 

वान वे गर्नको लागी आइतबार दिउँसो नगर प्रहरीले माइकिङ गरेको थियो भने ल्क्ष्मी चोकदेखि पृथ्वी चोकसम्मको सडक पिच गर्ने काम पनि भएको छ । यस्तै, जनचेतनामुलक बोर्डहरु पनि तयारी गरिएको छ भने राती उपमहानगरपालिकाको डोजरले भानुचोक र पुरानो ट्राफिक कार्यालय नजिकै सडकमा रहेको सिमेन्टको ढिस्को भत्काएको छ । 

one-way-dharan2

उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा टेम्पो र सफारीलाई दिउँसो स्टेण्ड राख्नको लागी रेलिङ र सिमेन्टको संरचना भत्काएर बाटो खुलाइएको हो । यस्तै, पुरानो ट्राफिक प्रहरी कार्यालयको केही मास्तिर बस बिसौनी भएपनि सिमेन्टको डिस्कोहरुको कारण बस अन्तै रोकेर यात्रु ओराल्ने गरेको कारण उक्त ढिस्कोलाई हटाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख श्यामकुमार बस्नेतले जानकारी दिए । 

one-way-dharan

सोमबारदेखि हुने वान वे गर्न विभिन्न बोर्डहरु, कोणहरुको व्यवस्थापन नगरपालिकाबाट भइसकेको पनि बस्नेतले जानकारी दिए । उनका अनुसार भानुचोकदेखि उत्तरतर्फमात्र गाडीहरु जान पाउनेछन् भने लक्ष्मीचोकदेखि पृथ्वी चोक, सिंहदेवी, पुरानो बजार, देशीलाइन भएर मात्र भानुचोकसम्म गाडीहरु आउन पाउनेछ । वान वे भएको सडकको बीचमा नयाँ बजारदेखि पुरानो बजारतर्फ क्रस गर्ने बाटोहरु धेरै भएपनि कुनैमा जाने र कुनैबाट आउने मात्र बनाइने पनि उनले जानकारी दिए । उक्त क्रस बाटोमा पनि ठुला र मझौला सवारीसाधनहरुलाई भने वान वे को बीचमा क्रस गर्न नदिइने पनि उनले बताए । 

भिडियो:

भिडियो:

भिडियो: