धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन, सियोन स्कुल र राष्ट्रिय जनसेवक इटहरी फाइनलमा प्रबेश गरेका छन् । 

प्रतियोगितामा धरान मेघा हिमालयनका महिला पुरुष दुबै टिम फाइनलमा प्रबेश गरेको छ । पुरुषतर्फ मङ्गलबार भएको सेमिफाइनल खेलमा राष्ट्रिय जनसेवक इटहरीले सिटी कलेज धरानलाई ४२-३० र धरान मेघा हिमालयनले आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडलाइ ४५-२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जनसेवक र सिटी कलेजले प्रत्येक क्वाटरमा  ५-६, ८-७, १४-८ र १५-९ अंक जोडेको थियो । यसैगरी दोस्रो खेलमा धरान मेघा र आदर्श स्कुल बिर्तामोडले १३-४, ९-७, १८-४ र ५-९ अंक जोडेका थिए । खेलमा राष्ट्रिय जनसेवकका सन्दिप श्रेष्ठले १८ र धरान मेघाका सबिन राइले १३ ब्यक्तिगत अंक जोडेका छन् । 

basket-alfa

धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग रहेको छ भने अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सीले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

basket-alfa1

धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ। कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पुर्व बास्केटवल खेलाडि प्रकाश पौडेलले प्रायोजन गरेका हुन् ।प्रतियोगिताको फाइनल खेल धरान उपमहानगरपालिका प्रमुख मेयर हर्कराज साम्पाङको प्रमुख आतिथ्यमा बिहान ८ः३० बजे महिला तर्फको फाइनल खेल र १० बजे पुरुष तर्फको फाइनल खेल हुनेछ ।

तस्बिर: बिकाश चाम्लिङ राई