धरान: हरेक शुक्रबार दिउँसो धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा आयोजना हुदै आएको लागुऔषध दुव्र्यसनविरुद्ध से नो टु ड्रग्स कार्यक्रममा आज चर्चित गायक राजेश पायल राई पनि सहभागी भएका छन् । 

धरानको वडा नं ८ स्थित लांघाली चोकमा आयोजना भइरहेको उक्त कार्यक्रममा अचानक गायक राई पनि पुगेका थिए । मेयर साम्पाङ र गायक राई भेट भएपछि दुवै खुशी मात्र भएनन्, एकले अर्काको कामको प्रशंसामा पनि धेरै नै शब्द खर्चिए । गायक राईले आफु धरानमा जारी एक्स्पोमा प्रस्तुती दिन आउदा से नो टु ड्रग्स कार्यक्रम भइरहेको जानकारी पाएपछि सहभागी भएको बताए । मेयर साम्पाङले गरेको कामबाट प्रभावित भएकोले धरान आउदा भेट्न चाहेको बताए । उनले पनि महंगो र अमुल्य जीवन खेर नफाल्न आग्रह गरे ।

rajesh1

मेयर साम्पाङदे लामो समय पनि सांगीतिक क्षेत्रमा नम्बर वान भइरहनु आश्चर्यजनक भएको बताए । उहाँसँगैका कहाँदेखि कहाँ पुगिसके, तर उहाँ एउटै क्षेत्रमा निरन्तर नम्बर वान रहनुभएको छ, यो आश्चर्यजनक नै हो, उनले भने । गायक राईको शनिबार साँझ धरान १६ स्थित रंगशालामा जारी एक्स्पोमा सांगीतिक प्रस्तुती रहनेछ । 

भिडियो: