धरान: दुई बर्ष स्थगित भएको २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकप शनिबारदेखि शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोेजक धरान पाहुना टोली भारत कर्साङको युकेएफसिसँग टाइब्रेकरमा ५–३ ले पराजित भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि समय अभावको कारण सिधै टाइब्रेकर भएको थियो । टाइब्रेकरमा कर्साङका सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गरे भने धरानका रिवस मास्केको प्रहार कर्साङका गोलकिपर मनोज प्रधानले रोकेका थिए । धरानका खेलाडीहरु दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले टाइब्रेकरमा गोल गरेपनि जित दिलाउन पर्याप्त भएन । 

भिडियो: 

उद्घाटन खेलको म्यान अफ दि म्याच कर्साङका गोलकिपर मनोज प्रधान घोषित भए । उनले आयोजकले घोषणा गरेको १० हजार पाए भने उद्घाटन खेलमा ब्रिटिश गोर्खा बिग्रेड ब्याण्डकोतर्फबाट थप २५ हजार गरि कुल ३५ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा आइतबार बागमती युथ क्लब सर्लाही र एभेनियर एफसि क्यामरुनबीच खेल हुने आयोजक धरान फुतटबल क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन धरानका मेयर हर्क साम्पाङ राईले गरेका थिए ।

opening2

फागुन २० गते हुने फाइनलको विजेता टोलीले ट्रफीसहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने पनि आयोजक क्लबले जानकारी दिएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याच खेलाडीले नगद १० हजार पाउनेछन् भने प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइनेछ । 

opening4

man-of-the-match

opening1