धरान: धरान १६ मा सञ्चालन भइरहेको धरान एक्स्पोलाई हिजो आइतबार रातीको हावाहुरीले लाखौंको क्षति पुगेको छ । 

रंगशालामा फागुन ११ गतेदेखि जारी एक्स्पोमा ५० लाख बढी क्षति पुगेको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । हावाहुरीले डोम बाहेक बाहिर बाँसबाट निर्माण गरिएको स्टलहरुमा धेरै क्षति पुगेको छ । क्षति पुगेका स्टल तथा संरचनाहरु पुर्ननिर्माण भइरहेको र साँझदेखि एक्स्पो सुचारु गरिने श्रेष्ठले जानकारी दिए । उनले भने,‘क्षति भएको स्टलहरु बिहानैदेखि पुर्ननिर्माण गरिरहेका छौं । आज साँझ दुःख, सुख चल्छ । भोली राम्रो बनाउछौं ।’

expo 1

आयोजक सुनसरी उद्योग वाणिज्य संघका अनुसार क्षति भएका स्टलका व्यवसायीहरुले विमाबाट क्षतिपूर्ति पाउनेछन् । आयोजकले स्टलको विमा गरेको थियो । बिहान एक चरण विमा कम्पनीबाट अनुगमनमा आएको पनि संयोजक श्रेष्ठले बताए । साँझबाट एक्स्पो सुचारु हुने र आज गायक दिपक लिम्बुको प्रस्तुती रहेको पनि उनले जानकारी दिएका छन् ।