धरान: धरानमा पहिलो पटक एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ आयोजना भएको छ । 

दौड, साइक्लिङ र पुनः दौड गरेर निर्धारित १८ किलोमिटर दुरी पार गर्दै खुला पुरुषतर्फ धरानका किरण लिम्बु प्रथम भए भने महिलातर्फ प्युठानकी हुमी बुढा मगर प्रथम भइन् । शनिबार बिहान आयोजित प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मनबहादुर बुढा मगर दोस्रो र लक्ष्मण मल्ल तेस्रो भए । यस्तै, नवराज न्यौपाने चौथो भए । 

खुला महिलातर्फ इन्द्रकला नेम्बाङ दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो भइन् । भेट्रानतर्फ धरानका निवर्तमान नगर प्रमुख तिलक राई पहिलो हुँदा पदमबहादुर थापा दोस्रो भए । जुनियरतर्फ काठमाण्डौंका १४ बर्षीय विवेश थापा मगर प्रथम भए । बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीका १४ बर्षीय करण लिम्बु दोस्रो र धरानका ११ बर्षीय दिपसागर तामाङ तेस्रो भए ।

duathalan1

खुला पुरुष र महिला तथा भेट्रानहरुले शुरुमा ५ किलोमिटर दौड, १० किलोमिटर पहाडी क्षेत्रमा साइक्लिङ र पुनः ३ किलोमिटर दौड पुरा गरेका थिए भने जुनियरहरुले २ किलोमिटर दौड, रंगशालामा ५ किलोमिटर साइक्लिङ र पुनः १ किलोमिटर दौड गरेका थिए । 

खुला महिला तथा पुरुषतर्फका प्रथम, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरुले क्रमशः नगद ३५ हजार, २५ हजार, १५ हजार र ३ हजार ५ सयसँगै मेडल र प्रमाणपत्र हात पारेका छन् । जुनियरतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः १०, ८ र ६ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए । भेट्रानतर्फका विजेताहरुलाई उपहार दिइएको थियो । विजेताहरुलाई आयोजक ट्रायथलन धरानका अध्यक्षम डा.समिर चौधरी, प्रमुख अतिथि एवं मेयर हर्क साम्पाङ, धरान १६ का वडाअध्यक्ष मुरारी भट्टराई, धरान रनका अध्यक्ष रमु राई, नेपाल ट्रायथलन एशोसिएशनका प्रशिक्षक सन्दिप अर्याललगायतले पुरस्कार वितरण गरेका थिए । 

भिडियो:

भिडियो:  duathalan5

duathalan2

duathalan9

duathalan10

IMG_0559

duathalan8