धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराईजन राष्ट्रिय बास्केटवल प्रतियोगितामा टाइम्स क्लब काठमाण्डांैं सेमीफाइनल प्रवेश गरेको छ । 

प्रतियोगिताको तेस्रो दिन मंगलबार बिहान भएको खेलमा टाइम्स क्लबले बिराटनगर मोरङ टिमलाई पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको हो । खेलमा टाइम्स क्लबले बिराटनगरलाई ८९-६० को फराकिलो अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मध्यान्तरसम्म प्रतिस्पर्धात्मक भएको खेलमा टाइम्सले बिराटनगरविरुद्ध प्रत्येक क्वाटरमा १८-१४, १६-१८, ३०-११ र २५-१७ अङ्क  जोडेको थियो । 

खेलमा उत्कृष्ट प्रदशन गरेका बिराटनगरका सुजन लिम्बु म्यान अफ द म्याच घोषित भए । सुजनले आफ्नो टिमका लागि ब्यक्तिगत ११ अंक जोडे । उनले म्यान अफ थ म्याचको उपाधीसङ्गै नगद एक हजार ५ सय रुपैया र मेडल प्राप्त गरे । यसैगरि खेलमा टाइम्सको तर्फबाट मबिन्द्र भण्डारीले ब्यक्तिगत २१ अंक जोडेका छन् । धरान १७ स्थित श्री निम्न माविको बास्केटवल कोर्टमा जारी प्रतियोगितामा सुनसरी बास्केटबल संघले प्राबिधिक सहयोग गरेको छ । 

प्रतियोगितामा धरान, काठमाडौ, झापा, मधेस प्रदेश बारा र मोरङ गरि ८ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद एक लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोलि बुधबारको खेल नेपाल आर्मी क्लब काठमाडौ र मधेस प्रदेश बारा विच हुनेछ ।