धरान: हराईजन क्लवको आयोजनामा जारी ७ औं हराइजन राष्ट्रिय बास्केटवल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र आर्मी क्लब फाइनलमा भिड्ने भएको छ ।

धरान १७ स्थित निम्न माविको बास्केटवल कोर्टमा शुक्रबार भएको सेमीफाइनल खेलमा साविक विजेता टाइम्स क्लब काठमाडौलाई ८६-८३ अंकको झिनो अन्तरले पराजित गर्दै आर्मी टिम काठमाडौ फाइनल प्रबेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपाल आर्मी र टाइम्स क्लबले प्रत्येक क्वाटरमा २५-२३, २४-१६, १३-१९ र २४-२५ अंक जोडेको थियो । 

basket semi1

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल आर्मीका निश्चल महर्जन म्यान अफ द म्याच घोषित भए । उनले आफ्नो टिमका लागि ब्यक्तिगत २६ अंक समेत जोडेका थिए । निश्चलले नगद २ हजार रुपैया र मेडल प्राप्त गरे । टाइम्सका मनिस केसीले ब्यक्तिगत ३० अंक जोडेका थिए । प्रतियोगिताको फाइनल भोली शनिबार आर्मी र पुलिस टिमबीच हुनेछ । विजेताले नगद एक लाख ११ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

तस्वीर: बिकास चाम्लिङ राई