धरान: संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य विष्णु मोक्तान सम्मानित भएका छन् । 

तामाङ बौद्धिक समाजले प्राज्ञ मोक्तानलाई शनिबार धरानमा सम्मान गरेको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोक्तानलाई प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा चयन गरेको थियो । समाजका अध्यक्ष सुदिप पाख्रिनले प्राज्ञ मोक्तानलाई खदा लगाईदिएका थिए भने सल्लाहकार हर्क प्रसाद लामाले सम्मान पत्र प्रदान प्रदान गरेका थिए । समाजका सल्लाहकार लामा र अध्यक्ष पाख्रिनले मन्तव्यको क्रममा शुभकामना तथा बधाई पनि व्यक्त गरेका थिए ।

tamang1

आमन्त्रित अतिथि पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले पनि आफ्नो भनाई राख्दै सम्मानित प्राज्ञ मोक्तानलाई शुभकामना व्यक्त गरेका थिए । सञ्चारकर्मी सञ्जय राईले पनि उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । प्राज्ञ मोक्तानले नेपाल सरकारले विश्वास गरेर दिएको जिम्मेवारी वहन गर्न उर्जा मिलेको धारणा राखे । उनले नाट्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको भन्दै आफ्नो संस्कृति क्षेत्रमा पनि उपस्थिति रहने बताए ।