धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रर्दशनमा लाठी प्रहारबाट घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप ३ लाख दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । साथै, नेपाल सरकारले गठन गरेको छानबिन समितिलाई सहजीकरण गर्ने पनि प्रदेश मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ । प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरले चैत्र ५ गते विराटनगरमा वृहत प्रर्दशन गरेको थियो । सोही क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लाजेहाङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा वीपी प्रतिष्ठानमा चैत १० गते निधन भएको थियो । 

आन्दोलनरत पहिचान पक्षधरहरुले लाजेहाङलाई सहिद घोषणा गर्नुपर्ने माग राखेका छन् । मृतकको शव अझै पनि पोष्टमार्टम हुन सकेको छैन । कोशी प्रदेश नाम पनि खारेज गर्नुपर्ने माग रहेको छ । 

cabinet hikmat karki

यसैगरि, मन्त्रीपरिषद बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापा को निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । यस्तै, पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश भएको प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ संशोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश नामाकरणमा भुमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सबै राजनीतिक दलहरुलाई पनि धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।