धरान ः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर संघीय राजधानी प्रस्थान गरेका छन् ।

विराटनगर विमानस्थलबाट हवाईमार्ग हुदै मेयर र उपमेयर राजधानी गएका हुन् । उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि छन् । आगामी आर्थिक बर्षको बजेटमा धरानको प्राथमिकतामा रहेको खानेपानीको लागी बजेटसँगै अन्य विभिन्न योजनाहरु लिएर टोली काठमाण्डौं प्रस्थान गरेको हो ।

काठमाण्डौं प्रस्थान गर्नुअघि मेयर साम्पाङले खानेपानीलाई पहिलो प्राथमिकता दिएर योजना माग गर्ने बताए । कोशीको प्रोजेक्टलाई मुख्य प्राथमिकता दिइएको र फोहोरमैला व्यवस्थापनको लागी ल्याण्डफिल साइटको पनि बजेट माग गरिने मेयर साम्पाङले बताए । ‘खानेपानी नम्बर एकमा पर्छ । शिक्षा स्वास्थ्य बाटो घाटो, पर्यटन, उद्योग सञ्चालन गर्ने रहेको छ,’उनले भने,‘अर्को बर्ष युवाहरुलाई व्यापकरुपमा तालिम दिएर कुनै न कुनै सिपमा दक्ष बनाउछौं ।’

भिडियो: