धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनको क्रममा सहिद भएका पदम लिम्बु (लाजेहाङ) को आज अन्त्येष्टी गरिदैछ । 

एक महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको लिम्बुको शवलाई अन्त्येष्टी गरिनुअघि धरान, इटहरी र विराटनगरमा शव यात्रा र श्रद्धाञ्जली कार्यक्रम गरिदैछ । धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली कार्यक्रम सकेर सहिद लिम्बुको शवलाई लालभित्ती लगिएको छ । बेलबारीमा आज नै सहिद लिम्बुको शव अन्त्येष्टी गरिनेछ । 

शव बेलबारी लैजानुअघि विराटनगरमा प्रहरीसँग झडप भएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयअघिको बाटोलाई निषेधित क्षेत्र बनाइए पछि शव यात्राको लागि पुगेका पहिचान पक्ष र प्रहरीबीच केहीबेर झडप भएको थियो । सहिद लिम्बुको शव यात्रामा हजारौंको सहभागिता रहेको छ । 

lajehang antim

lajehang2