धरान: धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोतmा समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ ।  

खानपान, शारीरिक व्यायामको अभाव, तनावलगायतको समस्याका कारण पछिल्लो समय युवा अवस्थादेखि नै स्वास्थ्य समस्या जटिल बन्दै गइरहेकाले सचेत रहन शिविरको आयोजना गरिएको हो । एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए । 

शिविरमा २ सय ६० जना भन्दा वढीको निःशुल्क रुपमा स्वास्थ्य जाँच गरिएको थियो । विपी प्रतिष्ठानका न्युरो फिजिसियन डा.भूपेन्द्र साहका अनुसार शिविरमा आएका मध्ये अधिकाश विरामीहरु सुगर र प्रेसरका विरामी थिए । डा.साहले भने, ‘यो रोग सामान्य नै हो तर हेलचेक्राई र लापारवाहीका कारण जीवन र मरणको दोसाधमा पुग्न सकिन्छ, स्वस्थ्य जीवनका लागि खानपान, नियमित रुपमा शारीरिक व्यायाम, तनाव नियन्त्रण गर्नु आवश्यक छ ।’

यस्तो स्वास्थ्य समस्या युवा उमेरमा नै देखिन थालेकाले पनि ग्रामिण भेगसम्म सचेतनाका लागि धरान उपमहानगरका हरेक वडामा वडास्तरीय सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आवश्यक रहेको डा. साह बताउँछन् । प्रतिठानका चिकित्सकहरुले टीम नै तयार गरेर विरामीको स्वास्थ्य उपचार गर्दै आएका छन् । त्यसका लागि स्ट्रोक(पक्षघातं) टीम रहेको छ । 

dr alok copy

समयमा नै उपचार स्वास्थ्य जाँच गरिएको खण्डमा विरामीले अकालमा नै मृत्युवरण गर्नु पर्ने वा आजीवन पक्षघात हुनुबाट जोगिने चिकित्सकले वताएका छन् । स्वास्थ्य शिविरमा प्रतिष्ठानमा न्युरो फिजिसियन डा. भुपेन्द्र साह, न्युरो सर्जन डा.आलोक दाहाल, न्युरो साइक्रियाटिक्स डा.संजीवकुमार मिश्र, जेनेरल फिजिसियन, फेलोसिप इन डायबिटिज डा.अजय यादव,ृ वृद्ध–वृद्धा रोग विशेषज्ञ डा.उर्जा भट्टराई, डा.हर्षित अग्रवाल, डा.हरिसबहादुर मल्ललगायतको चिकित्सकद्वारा विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो। 

वन समुहका उपभोतmा एवं ६ नम्बरकै वडावासीको स्वास्थ्यलाई मध्यनजर गरेर पानवारी सामुदायिक वन समुहले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको वन समुहका अध्यक्ष भुपाल (कृष्णकुमार ) राईले वताए । उनले भने–‘वनले खाली घाँस दाउरा र काठ वितरण गर्ने मात्रै होइन, उपभोतmाको स्वास्थ्य पनि महत्व पूर्ण जीवनको धन हो, पहिलो पटक वन समुहको नेतत्व गरेर वडा स्तरमा नै पहिलो पटक प्रतिष्ठानका चिकित्सकहरुको विशेषज्ञ टोलीद्धारा स्वास्थ्य शिविर निशुल्क रुपमा गरेको हो ।’ उनले आफुले पाउने मासिक पेट्रोल सुविधालाई स्वास्थ्य शिविरमा खर्च गरेको पनि जानकारी दिए ।