धरान: आज विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्ती धुमधामले मनाइदैछ । 

सोही अवसरमा धरानमा पनि बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसरमा वृहत बौद्ध र्याली निकालेका छन् । बैशाखे पुर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मभएको थियो । उनले यही दिन नै ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्माण पनि बैशाख पुर्णिमाकै दिन प्राप्त गरेका थिए । शान्ति र अहिंसाको मार्गमा डोर्याउने गौतम बुद्धको ज्ञान विश्वभर फैलिएको छ । 

भिडियो: धरानमा बौद्ध धर्मावलम्बीहरुका विभिन्न संघसंस्थाहरुको सहभागितामा आज बिहान वृहत र्याली निकालिएको थियो । नेपाल मगर बौद्ध सेवा समाजको संयोजनमा तामाङ, शेर्पा, शाक्य, गुरुङलगायत बौद्धमार्गी समुदायका साथै बौद्ध गुम्बा, बिहारहरुको सहभागिता रहेको थियो । 

budha1

budha4

budha3

budha2