धरान: धरान रन संस्थाले शनिबार १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाले छात्रवृत प्रदान गरेका आफ्ना १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले जनही करिब तीन हजार ५ सय रुपैया बराबरको स्टेसनरि समान, स्कुल व्याग, जुत्ता, मोजा, ट्रयाकसुट लगायत प्रदान गरेको छ। संस्थाले छात्रवृतका लागि खोलिएको अक्षयकोषबाट प्राप्त व्याज रकमबाट सहयोग गरेको जनाएको छ । हरेक तिन तिन महिनमा प्राप्त व्याज रकमबाट संस्थाले छात्रवृत्ति प्रदान गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने गरेको छ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई बार्षिकरुपमा करिव १५ हजार रुपैया बराबरको विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको धरान रन संस्थाका अध्यक्ष रोमु राईले जानकारी दिए । शैक्षिक सामग्री संस्थाका अध्यक्ष रोमु राई, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, सल्लाहकार गोपाल राई, युगल लिम्वु लगायतले वितरण गरेका थिए ।

११ औ १० के रन दौड प्रतियोगिताको आयव्यय सार्वजनिक

dhrn-run1

धरान रन संस्थाले यहि फागुन महिनामा आयोजित ११ औ १० के रन दौड प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ। संस्थाले ११ औ संस्करणमा आय तर्फ १६ लाख रुपैया भए पनि सवै खर्च कटाएर खुद नाफा एक लाख २ हजार ५० रुपैया नाफा भएको जनाएको छ । नाफा भएको केही रकम नेवा एजुकेसन फन्डको अक्षयकोषमा थपिने र बाँकी रकम साप्ताहिक रपमा हुने धरान रन दौड कार्यक्रम व्यवस्थापनमा खर्च गरिने संस्थाका अध्यक्ष राईले बताए । नेवा एजुकेशन फन्डको अक्षयकोषमा हाल १२ लाख रुपैया रहेको संस्थाले जनाएको छ ।  

तस्विरः बिकास चाम्लिङ राई