धरान: मन्टेश्वरी किन्डरगार्टेन धरान १६ ले आफ्ना विद्यार्थीहरुलाई मौलिक सँस्कृतिबारे जानकारी दिने उद्देश्यले साकेला सिली प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । 

मन्टेश्वरीले किराँत राई यायोख्खा खेलकुद संघको समन्वयमा बुधबार साकेला सिली प्रदर्शनी गर्दै आफ्ना विद्यार्थीहरुलाई साकेला सिली सिकाएको थियो । बालबालिकाहरु भविष्यको जग भएकोले उनीहरुलाई सानैदेखि एक अर्काको संस्कार संस्कृतिप्रति सम्मान तथा माया गर्न सिकाए सामाजिक सदभाव बढ्ने विद्यालयका अध्यक्ष गौरवमान श्रेष्ठले जानकारी दिए । “हरेक साल लाखे नाच गराउदै आईरहेको थियौं । यो पटक साकेला नृत्यलाई पनि जोडेका छौ । पढाई भनेको किताब मात्रै होईन, हाम्रो नेपालको संस्कार संस्कृतिहरुलाई जान्नु पनि पढाई हो,’ उनले भने,‘नेपालीहरु विभिन्न जातजातिको भाषा संस्कृतिका धनि छौ, र आफ्नो भाषा संस्कृतिलाई जगेर्ने गर्नका लागि पनि यो प्रकारको कार्यक्रमको हामीले आयोजना गरेका हौं ।” 

भिडियो: धरानको मन्टेश्वरीमा पहिलो पटक राई जातिको साकेला नृत्य प्रस्तुती भएको मन्टेश्वरी किन्डरगार्टेनकी प्रिन्सिपल शुलेखा जोशीले बताइन् । “बालबालिकालाई हामीले दिएको अहिलेको वातावरणले नै उनीहरुको भविष्य निर्धारण गर्छ,” प्रिन्सिपल जोशीले भनिन्,“विविधतामा एकता भन्ने विषय हाम्रो बालबलिकालाई सिकाउन अति जरुरी छ । पढाईको साथ साथै सबैको धर्म, संस्कार र संस्कृतिलाई सम्मान गर्नुपर्छ, मिलेर बस्नुपर्छ । सेयरिङ एण्ड क्यारिङ हाम्रो मन्टेश्वरी किन्ड्रगार्डेनको उद्धेश्य पनि रहेकोले सोही अनुरुप आजको कार्यक्रमको आयोजना गरेका हौ ।” शिक्षाको साथ साथै बच्चाहरुलाई संस्कारी बनाउन विद्यालयकोे महत्वपूर्ण भूमिका रहेको उनले बताइन् ।

sakela kindergarten

साकेला शिली प्रदर्शनी र विद्यार्थीहरुलाई सिकाउने उद्धेश्यले किरात राई यायोख्खाका जिल्ला सदस्य तथा किराया खेलकुद संघका संयोजक विकास चाम्लिराईले समन्वयकारी भुमिका खेलेका थिए । मन्टेश्वरीले आयोजना गरेको राई जातिहरुको साकेला शिली प्रदर्शनी कार्यक्रम ज्यादै उदाहरणीय रहेको बताउदै उनले उभौली, उद्यौलीसँगै साकेलाबारे पनि जानकारी गराएका थिए । “विभिन्न जातजातिहरुको संस्कृतिहरु मध्ये राईहरुको साकेला उभौली बैशाखे पूर्णिमादेखि शुरु भई औशीमा समापन हुन्छ । राई जाति प्रकृति पुजक र कृषिमा निर्भर भएकोले अन्नबाली लगाउनु अघि पितृ र प्रकृतिलाई सम्झिदै पुजाअर्चना गर्ने गरेका छन्,’उनले भने । 

तस्बिरहरु: विकास चाम्लिङ राई

sakela kindergarten2

sakela kindergarten3

sakela kindergarten5

sakela kindergarten6

sakela kindergarten6

sakela kindergarten4

sakela kindergarten7