धरान: धरान मेघा हिमालयन बोर्डिङ स्कुल धरान १२ ले हरेक महिनाको दोस्रो शुक्रबार जातिय मौलिक पोशाक लगाउन विद्यार्थीहरुलाई अनिवार्य गरेको छ । 

स्कुलले आज (शुक्रबार) देखि यो चलन शुरुवात गरेको हो । जातिय पोशाक लगाउन शुरुवात गर्दै स्कुलले आज शुक्रबार किरात राई जातिको मौलिक सँस्कृति साकेला नाच पनि प्रस्तुत गरेको थियो । स्कुलका प्रिन्सिपल कैशाल लिम्बुले विद्यार्थीहरुलाई औपचारिक शिक्षाको साथै व्यवहारिक शिक्षा पनि आवश्यक भएकोले कला, सँस्कृतिको सम्मान गर्न र सामाजिक सद्भाव कायम गर्न यो चलन शुरुवात गरिएको बताए । उनले भने,‘सबै जातजतिको संस्कृति, पोशाक र चार्डपर्व साना बालबालिकाबाट सिकाउदा एकअर्काको संस्कार संस्कृति प्रति सम्मान माया गर्न र समाजिक सदभाव बढ्छ ।’

megha

शुक्रबार विद्यालयमा राई, लिम्बु, नेवार, मुस्लिम, तामाङ, मगर लगायतका विभिन्न जातजातिको पहिरनमा विद्यार्थीहरु उपस्थित भएका थिए । विद्यार्थीहरुलाई एक आर्काको संस्कार र चाडपर्वहरुको बारेमा बुझाउन राई जातिहरुको साकेला सिली प्रर्दशन गरिएको थियो । किराँत राई यायोख्खा खेलकुद संघको समन्वयमा आयोजित साकेला सिली प्रदर्शनीसँगै विद्यार्थीहरुलाई सिकाउने कार्यक्रम पनि भएको थियो । 

कार्यक्रमको प्रमुख अतिथि यायोख्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले साकेला सिलीको बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए । बैशाख पुर्णिमा देखि शुरु भएको उभौली १५ दिनसम्म विभन्न वडाहरुमा साकेला सिली प्रदर्शनी गरेर मनाउने गरेको र औशीको दिन औपचारिकरुपमा संस्थाले समापन गरिसकेको पनि उनले बताए । तर वडाहरुमा समापन गर्न बाकी भएकोले जेठ महिनासम्म ढोल झयाम्टा बजाउन मिल्ने उनको भनाई छ । 

megha1

विद्यालयदेखि नै एक आर्काको संस्कार र सस्कृतिको बारेमा बुझाउन सके सबैको संस्कार संस्कृतिको संरक्षण र सम्मान पनि हुने अध्यक्ष राईले बताए । उनले धरान मेघा हिमालयनले विपन्न जेहन्दार राई विद्यार्थीहरुलाई छात्रावृत्तिमा सहयोग गरेकोमा पनि धन्यवाद दिए । किराया खेलकुद संघका संयोजक विकास राईले समन्वयकारी भुमिका खेलेका थिए । 

फोटोहरु: विकास राई 

megha3

megha2