धरान: किराँत राई सांस्कृतिक कलाकार संघ केन्द्रिय कार्य समितिको छौठो राष्ट्रिय सम्मेलनले शालिक सताशक राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

“किराँत इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ न प्रदेशको नामाङ्कन” भन्ने मुल नाराका साथ धरानमा जेठ १३ गते शुरु भएको सम्मेलनले शालिक सताशकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सम्मेलनबाट निवार्चित कार्यसमिति र ६ बुँदे धरान घोषणा पत्रबारे जानकारी दिएको हो । 

संघको उपाध्यक्ष रोशन चाम्लिङ राई, शुशिला राई, राई नविन, महासचिवमा पदम थुलुङ, सचिवमा मुकेश राई, सुखकला राई, डि.वि. राई र कोषाध्यक्ष मेनुका राई, सह कोषाध्यक्ष खुसेनिछो चाम्लिङ राई चयन भएका छन् । यस्तै, सदस्यहरु राज के राई, अनुका राई, अर्जुन कुमार राई रहेका छन् । 

rai kalakar1

संघले सम्मेलनबाट पारित भएको ६ बुँदे धरान घोषणा पत्र २०८० समेत सार्वजनिक गरेको छ । धरान घोषणा पत्रको पहिलो बुदामा प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका सांस्कृतिक, राजनितिक तथा रचनात्मक रुपमा आन्दोलन गर्ने भएको छ भने किरात मौलिक गीत संगित, जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने पनि घोषणा गरेका छ । किराती समुदायसंग समारिक महत्व राख्ने गढीकोट ऐतिहासिक स्थल, संस्कृति,मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र अध्ययान अनुसन्धान गर्दै जाने पनि घोषणा पत्रमा उल्लेख छ । 

यसैगरि, किराती सस्कृतीलाई आत्मसाथ गर्दै संस्कृतिलाई सुदृढकरण गरी उन्नत सस्कृति निमार्ण गर्ने, किराती संस्कृतिको क्षेत्रमा काम गर्ने स्रष्टहरुको खोज गरी बायोडाटा समेटिएको पुस्तक प्रकासन गरी प्रोत्साहन गर्दै जाने र  किराँती संस्कृति, मौलिक बाजा, भेषभुषासंग सम्बन्धित विज्ञबाट विभिन्न जिल्ला कार्यसमितीमा अन्र्तक्रिया, प्रशिक्षण सन्चालन गर्ने गराउने पनि घोषणा पत्रमा उल्लेख छ। 

भिडियो: