धरान: धरानका पुर्व तथा वर्तमान जनप्रतिनिधिहरु र कर्मचारीहरुको पनि सम्पत्ति छानबिन गर्न माग गर्दै प्रर्दशन भएको छ । 

भ्रष्टचार विरुद्ध हामी अभियानले प्रत्येक सोमबार गर्ने प्रर्दशनको क्रममा यस्तो माग भएको हो । सोमबार भानुचोकमा प्ले कार्डसहित प्रर्दशन गर्दै पुर्व र वर्तमान जनप्रतिनिधिहरु र कर्मचारीहको सम्पत्ति छानबिनको माग गरिएको हो । उक्त प्रर्दशनको नेतृत्व अभियन्ता सरिन तामाङले गरेका थिए । 

dharan currup

प्रर्दशनमा एडिबिको भ्रष्टचारको छानबिन गर्न, कर्मचारी तहबाट हुने भ्रष्टचारको अन्त्य गर्न, भ्रष्टचारीलाई आजिबन जेल बस्ने कानुन बनाउन, योजनाका नाममा हुने भ्रष्टचारको अन्त्य गर्नलगायत लेखिएको प्ले कार्ड प्रर्दशन गरिएको थियो ।

भिडियो: