धरान: धरान–१७ स्थित साकेला साँस्कृतिक पार्कलाई थप व्यवस्थित  र आकर्षक बनाउन बृक्षारोपण कार्य सुरु गरिएको छ ।

सब डिभिजन बन कार्यालय सुनसरीले चालू आर्थिक वर्ष २०७९/०८० वातावरण संरक्षण कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बजेट विनियोजन गरिदिपछि किरात राई यायोक्खा, सुनसरीले पार्कलाई थप व्यावस्थित बनाउने कार्य शुरु गरेको हो । पार्क क्षेत्र भित्र रहेको वनस्पती उद्यानमा थप साढे ८ सय विभिन्न प्रजातीका बोट विरुवा रोप्न सुरु गरिएको किरात राई यायोक्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए । ‘आज कहाँ कसरी रोप्ने रु भनेर लाइनिङ गर्ने, खाल्डो खन्ने कामको सुरुवात गरेका छौं’ उनले भने । 

करिब चार विगाहामा फैलिएको पार्कमा पेन्सिल धुपी २ सय ५० वटा, आँप २ सय वटा, लिच्ची २ सय वटा र किरात राई जातीको संस्कार–संस्कृतिमा प्रयोग हुने विभिन्न प्रजातीका २ सय वटा बोट विरुवा गरी साढ ८ सय बोट विरुवा रोप्ने तयारी रहेको अध्यक्ष राईले बताए । पार्कलाई थप व्यवस्थित र आकर्षक बनाउन करिब साढे चार सय रुख विरुवामा रंग रोगन गर्ने, नेमप्लेट राख्ने, घर टहराहरुलाई रंगरोगन गर्ने, रुख विरुवामा पानी लगाउन पाइपलाइन विस्तार गर्ने, गिटी विच्छाउनेलगायतका कामहरु सुरु गरिएको यायोक्खाले जनाएको छ । असार १२ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य थालिएको पार्कमा सहयोग गर्न आउनका लागि यायोक्खा सम्बद्ध संघ–संस्थाहरुलाई अपिल समेत गरिएको अध्यक्ष राईले बताए । 

sakela park1

विभिन्न फलफुलका विरुवासंगै किराती समुदायको संस्कार अनुसार शुद्ध/अशुद्ध कार्यमा प्रयोग हुने २ सय वटा विभिन्न बोट विरुवाहरु पनि रोपिने यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले बताए । ‘हाम्रो जाती समुदायको संस्कारमा चाहिने शुद्ध÷अशुद्ध जुनसुकै कार्यमा प्रयोग हुने बोट विरुवा रोप्ने तयारी गदैछौं’ उपाध्यक्ष राईले भने ‘ति बोट विरुवाहरु प्राय हाई अल्टिच्यूडमा मात्र पाइने हुनाले परिक्षणको लागि पनि रोप्दैछौं ।’

उनका अनुसार कटुस, भलायो, काउलो, वाही, आम्लाबुङजस्ता बोट विरुवा किरात जातीको शुद्ध÷अशुद्ध कार्यमा विजुवा ९नक्छोङ०ले प्रयोग गर्ने हुँनाले धेरै महत्वपूर्ण रहेको बताउँदै सम्पर्क गरेर झिकाउने काम भइरहेको छ । बृक्षारोपण कार्यक्रममा यायोक्खाको केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, पूर्व केन्द्रीय अध्यक्ष तिलक राई, केन्द्रीय सदस्य मानभगत चाम्लिङ, किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरी, किरात राई विद्यार्थी संघ, सुनसरी, किराया धरान नगर तथा वडा, विभिन्न भाषिक संघ–संस्थाबाट बृक्षारोपणमा सहभागीता रहेको थियो ।

sakela park2