धरान: बैशाखे पुर्णिमादेखि किरातीहरुले धुमधामले उभौली मनाउदैछन् । चार किरात भित्रका राई, लिम्बु, याक्खा र सुनुवार आआफ्नो सँस्कार, परम्परा अनुसार उभौली मनाउछन् । 

धरानमा भने विगतको भन्दा यसपालीको उभौली फरक तरिकाले मनाइदैछ । प्रदेश नम्बर १ को नाम कोशी राखिएपछि त्यसविरुद्ध पहिचान पक्षधर जातीय संघसंस्थाहरु पनि आन्दोलित छन् । कोशी नामङ्कन खारेजीको माग गरेर शुरु भएको आन्दोलनलाई उभौली पर्वलाई पछि छोएको छ । किरातीहरुले उभौली मनाउन ढोल झ्याम्टा बजाउदै गर्दा कोशी प्रदेश खारेज गर्नुपर्ने र पहिचान, सभ्यताको आधारमा नामङ्कन गर्नुपर्ने माग पनि गुञ्जिरहेको छ । 

भिडियो:

आज (शनिबार) किरात राई यायोक्खा धरान उपमहानगर कमिटीले भानुचोकमा आयोजना गरेको वृहत साकेला उभौली शुभकामना कार्यक्रममा पनि ढोल झ्याम्टासँगै कोशी प्रदेश खारेजीको माग गञ्जायमान भयो । भानुचोक क्षेत्र साकेला नाचमय भएको थियो भने अतिथि वक्ताहरुसँगै साकेलामा सहभागीहरुले कोशी प्रदेशको नाम खारेज गरेर पहिचान र सभ्यताको आधारमा राखिनुपर्ने माग गरेका थिए । 

यायोक्खा धरान उपमहानगर कमिटीका अध्यक्ष लोकेन्द्र चाम्लिङले उभौलीको अवसरमा शुभकामना आदनप्रदान र साकेला सिली प्रर्दशनीसँगै कोशी प्रदेश नाम खारेज गरेर सभ्यताको आधारमा पुनः नामङ्कन गर्न माग गर्दे कार्यक्रम गरिएको बताए । उनले १३ वटा प्रारम्भिक कार्यसमिति र वान्तवा खिमबाट गरि १४ वटा साकेला सिली साथै किरात याक्थुङ चुम्लुङको च्याब्रुङ नाच पनि प्रर्दशनी भएको बताए । 

sakela (3) copy

sakela (4) copy

sakela (9) copy

sakela (13) copy

sakela (15) copy

sakela (8) copy

sakela (14) copy

sakela (13) copy 1