धरान: असार १ गतेदेखि धरानमा वंगुरको मासुको भाउ बढ्ने भएको छ । 

धरान मासु व्यवसायी संघका अनुसार सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ बढाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार असार १ गते (शुक्रबार) देखि लागु हुने गरि वंगुरको मासुमा प्रतिकिलो ६० रुपैया वृद्धि गरिएको संघका अध्यक्ष मदन तामाङले बताए । 

अध्यक्ष तामाङका अनुसार धरानमा विगत ५ बर्षदेखि वंगुरको मासुको भाउ वृद्धि भएको थिए । वंगुर पालन गर्दै आएका किसानहरुलाई चारोको भाउ निरन्तर बढीरहदा पनि मासुको भाउ नबढ्दा मारमा परेको भन्ने गुनासो आएपछि ५ बर्षमा मात्र अहिले मुल्य समायोजन गरिएको अध्यक्ष तामाङले बताए । 

वंगुरको मासु प्रतिकिलो ३६० रुपैयाबाट बढेर अब ४२० रुपैया कामय भएको छ । प्रतिक्रिया ६० रुपैया वृद्धि गरिदा १६.६६ प्रतिशत हुन आउने पनि अध्यक्ष तामाङले बताए । उनले भाउ वृद्धि भएकोबारे सरोकारवाला उपमहानगरपालिका, इलाका प्रशासन, उपभोक्ता हकहित तथा संरक्षण मञ्चलगायतमा पनि जानकारी दिइएको बताए । 

masu release