धरान: प्रदेश नं १ पुनःनामकरण गरिनुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधरहरुले आज (शनिबार) साँझ धरानमा राँके जुलुस निकालेको छ ।

पहिचानको लागि युवा सुनसरीको आयोजनामा वृहत राँके जुलुस भएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र योगेश भट्टराईले पहिचानको आन्दोलनविरुद्ध अभिव्यक्ति दिएको विरोधमा राँके जुलुस निकालिएको हो । पहिचानका लागि युवाहरुले धरान १५ स्थित चुम्लुङ हिमबाट दोभान पार्कसम्म नारा लगाउदै जुलुस निकालेका थिए भने दोभान पार्कबाट राँके जुलुस निकालेका थिए । जुलुस देशीलाइन हुँदै भानुचोकमा पुगेर कोणसभामा टुंगिएको थियो । भानुचोकमा प्रहरीले आन्दोलनकारीको हातबाट राँको खोस्ने प्रयास गरेपनि सकेनन् ।

कोणसभालाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले सम्बोधन गर्दै प्रदेशको नाम पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताए । कोणसभालाई नेकपा एकीकृत समाजवादीका धरान सचिव खेमराज दाहाल, पहिचानको लागि युवा सुनसरीका सहसंयोजक डेभिड लिम्बु, जिल्ला अध्यक्ष राजु के राईलगायतले पनि सम्बोधन गरेका थिए । 

भिडियो: