धरान: धरान उपमहानगरपालिकाले मंगलबारदेखि तीन पांग्रे ई–रिक्सा दर्ता प्रक्रिया अघि बढाउने भएको छ ।

धरानले तीन पांग्रे (ई रिक्सा) सम्बन्धी कार्यविधि २०७९ राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । सोही कार्यविधिमा भएको व्यवस्थाबारे छलफल गर्न र ई रिक्सा दर्ता प्रक्रिया अघि बढाउन आइतबार उपमहागनरपालिकाले सरोकारवालाहरुसँग बैठक राखेको थियो । उक्त बैठकले मंगलबारदेखि ई रिक्सा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको अनुमगन अधिकृत वेदराज सापकोटाले जानकारी दिए ।

mayor-deputy

बैठकमा सहभागी ई रिक्सा (सिटी सफारी) चालकहरुले कार्यविधिमा राखिएको सफारी दर्ताको लागि सवारी चालक अनुमती पत्र (लाइसेन्स) हुनुपर्नेछ भन्ने प्रावधानले आफुहरु मारमा पर्ने बताए । यस्तै, एक लाइसेन्सले एउटा मात्र ई रिक्सा दर्ता गर्न सकिने भन्ने व्यवस्थाले पनि समस्या हुने चालकहरुको भनाई थियो । उनीहरुले यो प्रावधान संशोधन गर्न र ई रिक्साको लाइसेन्स पनि धरानबाटै दिने व्यवस्था गर्न पनि माग गरे ।

city

बैठकमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई पनि सहभागी थिए । मेयर साम्पाङले कार्यविधिमा भएको प्रावधानमा समस्या भए कार्यपालिका बैठकबाट संशोधन गर्ने बताए । साथै उनले लाइसेन्सको कार्यालय धरानमा स्थापना गर्न आफ्नो पनि माग रहेको र निरन्तर पहल गर्ने बताए ।

भिडियो: