धरान: लायन्स क्लब अफ इन्टरनेशनल फाउण्डेशन र धरानका विभिन्न ५ वटा लायन्स क्लबहरुको सहयोगमा निर्माण भएको लायन्स सत्य साई स्कुल भवनको शनिबार उद्घाटनसँगै हस्तान्तरण गरिएको छ ।

धरान १३ स्थित सत्य साई स्कुल परिसरमा लायन्सले १२ वटा कोठा भएको सुविधा सम्पन्न २ तले स्कुल भवन निर्माण गरिदिएको हो । उक्त भवनको शनिबार एक समारोहबीच लायन्सको पुर्व इन्टरनेशनल डायरेक्टर लायन सञ्जय खेतानले उद्घाटन गरेका थिए । उक्त भवनमै विद्यार्थीहरुको लागि शौचालय सुविधा पनि रहेको छ । 

उद्घाटनसँगै प्रमुख अतिथिसमेत रहेका खेतानले नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनसेवक भण्डारी, प्रध्यानाध्यापक विश्वराज खनाललाई हस्तान्तरण गरेका थिए । यो भवन १ करोड ७० लाख बराबर लागतमा करिब ६ महिनाको अवधिमा निर्माण सम्पन्न भएको लायन्सको डिस्ट्रिक गर्भनर धिरज गुरुङले जानकारी दिए । जनवरी पहिलो तारिखमा भवन शिलान्यास गरिएको र ५ महिना २४ दिनमा निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरिएको उनले बताए । 

भिडियो:

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले ३ जनाबाट स्कुल शुरुवात भएको जानकारी दिदै सरकारी बजेट तथा अनुदान विना नै सञ्चालनमा रहकेो जानकारी दिए । उनले शुरुवातदेखि नै दाताहरुको सहयोगबाट मात्र विद्यालय सञ्चालनमा रहेको र विना शुल्क शिक्षा, स्वास्थ्योपचार, खाजाको प्रबन्ध पनि गरिएको जानकारी दिए । सार्वजनिक शैक्षिक गुठी अन्तर्गत नाफारहितरुपमा विद्यालय सञ्चालित छ ।

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले लायन्सको कामको प्रशंसा गर्दै शुरुमा काम सम्पन्न होला कि नहोला भन्ने आशंका भएपनि छोटो समयमा भवन निर्माण गरेर प्रशंसनीय काम गरेको बताए । प्रमुख अतिथि खेतानले छोटो समयमा निर्माण कार्य सम्पन्न भएको भन्दै प्रशंसा गरेका थिए । उनले लायन्स क्लबहरुले शिक्षा तथा सामाजिक कार्यमा थुप्रै सेवामुलक कामहरु गरेको पनि बताए ।

सोही कार्यक्रममा उक्त भवनको लागि आवश्यक डेस्कबेञ्चको लागि लायनहरुले सहयोगसमेत गरेका थिए । लायन क्लब क्यापेबलका फस्ट उपाध्यक्ष निश्चल पालिखेले १० हजार, महिला सञ्जाल धरानकी अध्यक्ष सपना राई, रेखा गुरुङले २५ हजार, किरण राजभण्डारीले ११ हजार, बालाजी स्टोर्सका सुरेश अग्रवालले २५ हजार सहयोग गर्ने घोषणा गरेका थिए । यसैगरि, लायन्स क्लब अफ धरान पञ्चकन्याले शिक्षा लागि एक रुपैया अभियानबाट संकलित १५ सय थान कापी पनि प्रदान गरेको थियो । 

यो भवन लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको आर्थिक सहयोग र लायन्स क्लब अफ धरान बुढासुब्बा, लायन्स क्लब अफ दन्तकाली धरान, लायन्स क्लब अफ धरान विजयपुर, लायन्स क्लब अफ धरान पाँचकन्या र लायन्स क्लब अफ धरान जुम्बाको आर्थिक तथा भौतिक सहभागितामा निर्माण सम्पन्न भएको हो । 

lions6

lions1 copy

lions4

lions2

lions7

lions5