धरान: वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आयोजना भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन् ।

बुधबार हुने फाइनल खेलमा महिलातर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुषतर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । सोमबार भएको महिला तर्फको सेमीफाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । 

यसैगरि पुरुषतर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०-२१ र थर्ड इयर अव्युदयले फस्ट इयर सिनियरलाइ ३१-६ अङ्कले पराजित गर्दै फाइनल प्रबेश गरेको छ । खेलमा महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुष तर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक ब्यक्तिगत जोडे । धरान बास्केटबल संघको प्राबिधिक सहयोग रहेको बास्केटबल खेलको फाइनल खेल भने बुधवार साझ बिपि प्रतिष्ठानको बास्केटबल कोर्टमा हुनेछ ।

     थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६र६ टिमले सहभागिता जनाएको छ ।

धरान भेट्रान बास्केटबल र आयोजक अलस्टार बिच मैत्रीपुर्ण खेल हुने 

फाइनल खेलको अघिल्लो दिन मङ्गलबार पुरुष तर्फ आयोजक अलस्टार बास्केटबल टिम बिरुद्ध धरान भेट्रान बास्केटबल टिम र महिला तर्फ आयोजक अलस्टार र धरान बास्केटबल प्राबिधिक टिम बिच मैत्रीपुर्ण खेल हुनेछ । मनोरंजन सङ्गै आपसी भाइचारा बढाउनका लागि मैत्रीपुर्ण खेल खेल्न लागिएको डाक्टर्स टिमका खेलाडी डा। ससाङ्क ताम्रकारले बताए । मैत्रीपुर्ण खेल मङ्गलबार साझ ६ बजे देखि सुरु हुनेछ । प्रतियोगितामा प्राबिधिक सहयोग धरान बास्केटबल संघको रहेको छ ।

तस्बिर: बिकास चाम्लिङ राई