धरान: नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणसँगै थापाले तीन सदस्यीय मन्त्रिपरिषद पनि गठन गरेका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवारलाइ विना विभागीय मन्त्री बनाएका छन् । दुवैको पनि सपथ ग्रहण भइसकेको छ । सत्ता गठबन्धनको महत्वपुर्ण घटक माओवादी केन्द्रले भने सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्न नसक्दा मन्त्री नियुक्त हुन सकेन । 

नेकपा एमाले र राप्रपाको विरोध हुँदाहुदै पनि हिजो बिहिबार सभामुख बाबुराम गौतमको समेत हस्तक्षरसहित ४७ जनाको समर्थन जुटाएर थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सभामुखले सरकार गठनको लागि हस्ताक्षर गर्नु गैरसंवैधानिक कार्य भएको भन्दै आलोचना पनि भइरहेको छ । एमाले र राप्रपाले कानुनी उपचार खोज्न परामर्श गरिरहेको जनाएको छ ।