धरान: श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चन्द्र खापुङ र उनका छोरा लोक खापुङको धरान १५ स्थित घर पीडितहरुले घेराउ गरेका छन् ।

आज (शुक्रबार) बिहान करिब ११ बजेतिर पीडित बचतकर्ताहरुले घर घेराउ गर्दै आफ्नो पैसा फिर्ता गर्न माग गरेका हुन् । पीडितहरुका अनुसार हाल १०६ जनाले संघर्ष समिति बनाएर घर घेराउ गरेका हुन्े । उनीहरुले पैसा फिर्ता गर्न माग गर्दै खापुङहरुविद्धरु नाराबाजी पनि गरे । चन्द्र खापुङ हाल युके पुगिसकेका छन् भने उनका छोरा लोक खापुङ काठमाण्डांै तिर लुकेर बसेको संघर्ष समितिको भनाई छ । 

उनीहरुविरुद्ध उपमहागनरपालिकाको न्यायिक समिति, ईलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि न्याय नमिलेपछि हाल जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेको पीडितहरुले बताएका छन् । प्रहरीले पनि पक्राउ नगर्दा खापुङ भागेर युके गएको र छोरा पनि काठमाण्डौंमा लुकेको उनीहरुको दुःखेसो छ । 

lok khapung1

संघर्ष समितिका संयोजक देव कुमार राईका अनुसार २०७६ सालदेखि नै श्रेया सहकारीले वचतकर्ताहरुको पैसा फिर्ता गर्न छोडेको थियो । सञ्चालक खापुङसँग कुरा गर्दा १ अर्ब बढी पैसा फिर्ता गर्नुपर्ने भन्ने जानकारी दिएको पनि उनले बताए । हाल संघर्ष समितिको सम्पर्कमा रहेका १०६ जनाको १८ करोड ३७ लाख ४० हजार ३५९ रुपैया श्रेयामा डुबेको छ । 

खापुङ परिवारले सुनचादी व्यवसायमार्फत सर्वसाधारणहरुको पैसा राख्ने र धेरै ब्जाय दिने गरेका थिए । उनीहरुले पछि सहकारी पनि खोलेका थिए भने इजी राइडर्स कम्पनीमार्फत होटल इजी राइडर, धराने पिउने पानी पनि सञ्चालन गरेका थिए । यस्तै, राजधानी आसपासमा ढुंगा खानीमा पनि लगानी थियो भने जग्गा व्यापारमा पनि ठुलो लगानी गरेका थिए ।

चन्द्र खापुङ पुर्वब्रिटिश आर्मी हुन् । त्यसैले उनकोमा अधिकांश भूपू लाहुरे परिवारको पैसा फसेको छ । संघर्ष समितिका अनुसार खापुङ परिवारको ९० प्रतिशत जग्गा बैंकमा रोक्का छ । त्यसमाथि पनि पुनः संघर्ष समितिले पनि रोक्का गरेको संयोजक राईले बताए । 

भिडियो: