धरान: साउन ५ गते धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुल नजिकै जंगलमा लुटपाटपछि गोली हानेर हत्या भएको घटनाका २ जना आरोपीहरु पक्राउ परेका छन् । 

पक्राउ परेकाहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । साउन ५ गते विराटनगर ५ का २८ वर्षीया रोहित चौधरीको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीया अनसन तामाङ्गलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

dig

कोशी प्रदेश प्रहरी प्रमुख राजेश बास्तोलले दिपक घटनाको मुख्य अभियुक्त भएको जानकारी दिए । उनका अनुसार रोहितले होहल्ला गर्दै प्रतिकार गरेपछि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न एक जना अझै फरार रहेको पनि उनले बताए । पक्राउ परेका लेटाङका दिपक यसअघि पनि जबरजस्ती करणी मुद्दमा १० वर्ष कैद सजाय भुक्तान गरेर २ महिना अघि छुटेका थिए । यस्तै, धरानका अनसन लागूऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरेर २ बर्ष अघि छुटेका थिए । उनीहरु यसअघि पनि विभन्नि चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए ।

pestol

प्रहरीका अनुसार लुटेरा समुहले गर्धनमा खुकुरी र छातीमा पेस्तोल देखाएर रोहितकी प्रेमिकाको सुनको सिक्री, मोवाइल र लेडिज झोला लुटेका थिए । त्यसक्रममा रोहितले प्रतिकार गर्दै होहल्ला गर्न थालेपछि गोली चलाएको देखिएको धरानस्थित संघीय प्रहरी कार्यालयका एसपी भिम दाहालले जानकारी दिए । उनका अनुसार रोहित र उनकी प्रेमीकालाई लुटपाट गरेर गोली हानेको समुह जंगलको पुर्वतर्फ भागेको अनुसन्धानबाट खुलेको थियो । ‘सबै कोणबाट सुष्म अनुसन्धान गर्यौं । लुटपाट गर्नु नै हत्याको मुख्य कारण भएको खुल्यो ।’