धरान: पिउने पानीमा कोलिफर्म भेटिएको रिपोर्ट सार्वजनिक भएपछि धरानका राजनीतिक दलहरुले मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराउदै खानेपानी बोर्डले पनि तत्काल परीक्षण गरि रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् ।

राजनीतिक दलका नेतृत्वहरुले मंगलबार संयुक्तरुपमा मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेका हुन् । उनीहरुले पानीमा कोलिफर्म देखिएको रिपोर्टले बोर्ड तथा नगरको नेतृत्व जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको र मुकदर्शक बनेको भन्दै आलोचना पनि गरेका छन् । धरानमा डेंगुको महामारीसँगै जिउ चिलाउने, झाडापखाला, आँखा पाक्ने रोग पनि देखिएको र भविष्यमा महामारी हुने जोखिम भएकोले आफुहरु मुकदर्शक भएर बस्न नसकेर नगर सरकारको ध्यानाकर्षण गराएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।

party and harka

राजनीतिक दलहरुले मेयर साम्पाङलाई तीन दिनभित्र पिउने पानीको परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्न पनि माग गरेका छन् । यस्तै, हरेक महिना पनि पानीको परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्न, तत्काल ट्रिटमेन्ट गरि पिउन योग्य पानी वितरण गर्न धरान उपमहानगरपालिकातर्फबाट पनि पहल गर्नुपर्ने माग गरेका छन् । यस्तै, खोनपानीको मुहान संरक्षण तोकिएको मापदण्ड अनुसार गरेर मुहान क्षेत्रमा मानवीय गतिविधि बन्द गर्न र खानेपानी बोर्डको सञ्चालन प्रभावकारीरुपमा गर्न पनि दलहरुले माग गरेका छन् ।

मेयर साम्पाङले माग खानेपानी बोर्डलाई तत्काल पिउने पानी टेष्ट गर्न निर्देशन दिइसकेको बताए । उनले यसअघि टेष्ट गरेको भनिएपनि उक्त पानी कहाँको हो भन्ने प्रश्न उठेकोले बोर्डले आफै टेष्ट गरेर रिपोर्ट सार्वजनिक गर्ने पनि बताए । साथै, उनले पिउने पानीलाई सुद्धिकरण गर्न क्लोरिनेशन गर्ने काम पनि भइरहेको बताए । 

भिडियो: